भरतपुर भवन निर्माणले दियो एक लाख उपचारखर्च

चितवन, २८ असार । भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै मुख्य कार्यालय रहेको भरतपुर भवन निर्माण व्यवसायी समितिले घर निर्माणको क्रममा घाइते भएका एक जना कामदारको उपचार खर्च वापत एकलाख रुपैंयाँ हस्तान्तरण गरेको छ ।
भरतपुर ११ को रामचन्द्र न्यौपानेको भवन निर्माणको क्रममा घाइते भएका बैजनाथ साहका कामदार जगन्नाथ साहको उपचारको लागि उनका छोरा लक्षमण साहलाई समितिका अध्यक्ष मदनहजरा पासवानले एक लाख रुंपैंयाँको चेक हस्तान्तरण गरेका हुन् । काम गर्ने सिल्सीलामा चिप्लिएर घाइते भएका साहको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको मेरुदण्डका चोट लागेको र गम्भीर अवस्था रहेको बताइन्छ ।
अध्यक्ष पासवानका अनुसार कुलबहादुर विक संयोजक रहेको दूर्घटना जाँचवुझ समितिले दिएको सिफारिसको आधारमा उक्त रकम हस्तान्तरण गरिएको हो । समितिले भवन निर्माणको बखत केही शुल्क लिएर निर्माणको क्रममा हुन सक्ने दुर्घटना र उपचारको लागि सहयोग गर्दै आएको बताइन्छ । अध्यक्ष पासवानले दिएको जानकारी अुनसार दूर्घटनामा मृत्यु भएकालाई तीनलाख रुपैंयाँ सम्म र घाइतेलाई पाँच हजार देखि अधिकतम एक लाख रुपैंयाँ सम्म उपचार खर्च दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published.