साविक अमरापुरी र रजहर गाविस छुट्टै नगरपालिका हुन पर्छ

 

दयाराम आचार्य

नवलपरासी,असार २८ साविक अमरापुरी र रजहर गाविस मिलाएर छुट्टै नयाँ नगरपालिका निर्माण गर्नु पर्ने त्याहाका सरोकारवालाले माग गरेका छन । साविक अमरापुरी गाविस गैडाकोट नगरपालिकामा मिलाउदा टाढा तथा अपाएक परेको, गैडाकोट नगरपालिकामा गाभिए पनि नगरपालिकाले बेवास्था गरेको भन्दै त्याहाका सरोकारवालाले रजहर एक मात्र बीचमा गाविसको रुपमा रहेकाले रजहर र साविक अमरापुरी गाविस मिलाएर नयाँ नगरपालिका निर्माण हुनु पर्ने माग गरेका छन ।

जिल्ला विकाश समिति नवलपरासीले आज रजहर गाविसमा तेश्रो चौमासीकमा भए गरेका काम कार्वाहीको सम्मबन्धमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने अधिकाम्स साविक अमरापुरी र रजहर गाविसका राजनीतिक दलका प्रतिनिधिले यस्तो माग गरेको जिल्ला विकास समिति नवलपरासीका सूचना अधिकृत पुस्कर काफ्लेले जानकारी दिनुभयो । स्थानिएको माग बारेमा जवाफ दिदै जिल्ला विकास समितिका योजना अधिकृत प्रकाश पन्थिले जिल्ला स्तरमा यस विषयलाई हेर्ने प्राविधिक समितिरहेको त्यसले सकारत्मक रुपमा गर्नु पर्ने कार्य गर्ने बताउनु भयो ।

यस्तै सार्वजनिक सुनुवाई कार्यक्रममा स्वाथ्य केन्द्र देखि जिल्ला अस्पतालसम्म निशुल्क रुपमा प्रदान गरीने भनिएका औषधी प्राप्त नभएको, बजेट साना साना योजनामा छरिएकाले ठुलो कार्य गर्न नसकिएको,जिल्ला शिक्षाबाट प्रदान गरीन छात्रवृती नपाइएको लगाएत सामुदायिक बनका विषयमा स्थानियले जिज्ञासा तथा प्रश्न राखेका थिए । स्थानियहरूबाट आएका जिज्ञासाको जीविसका तर्फबाट योजना अधिकृत प्रकाश पन्थि साथै जिल्ला शिक्षा,स्वास्थ्य,वन कार्यलयका प्रतिनिधिले सम्बन्धी विषयमा उठेका जिज्ञासा तथा प्रश्नको जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रम जिल्ला विकास समिति नवलपरासीका योजना अधिकृत प्रकाश पन्थिको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सूचना अधिकृत पुस्कर काफ्लेले स्वागत तथा कार्यक्रमको उधेश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवम प्रनिनिधि,विभिन्न सघं सस्थाका प्रमुख एवम प्रतिनिधि लगाएत स्थानियएको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.