जेष्ठनागरिक तथा अपाङ्गलाई सम्मान

रत्ननगर २८ असार । पूर्वी चितवनको कालिकानगरपालिका– ३, गैरीबारी चोकमा आयोजित कार्यक्रममा जेष्ठनागरिक तथा अपाङ्गलाई सम्मान गरिएको छ । महिला सञ्जाल साविक शक्तिखोरको आयोजना र कालिका नगरपालिका कार्यालयको सहयोगमा भएको कार्यक्रममा २२ जनाअपाङ्गतथा १० जना जेष्ठनागरिकलाई सम्मान गरिएको थियो ।saman
महिला सञ्जालको अध्यक्ष विष्णु रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देल, नेपाली कांग्रेसका मिलनपाण्डे, नेकपा एमालेका लेख बहादुर थापा, माओवादी केन्द्रका रामध्वज डल्लाकोटी, सदस्य विमलालामा, जुनालामा, कोषाध्यक्ष कुलकुमारी मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।