मोटरसाईकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

दयाराम आचार्य
नवलपरासी,असार २८ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको बर्दघाट ४ दाउन्ने बासखोलामा मोटरसाईकल दुर्घटना हुदा प्रहरी हवल्दारको ज्यान गएको छ ।
जिल्ला प्रंहरी कार्यालय नवलपरासीका दिएको जानकारी अनुसार पुर्वबाट पश्चिमतर्फ जादै गरेको बा ७५ प ७९०६ नम्बरको मोटरसाईकल बर्दघाट ४ बासखोलामा सोमबार साझ साढे सातबजेको समयमा आफै अनियन्त्रीत भई पल्टदा रुपन्देही रायपुर गाविस घर भई अंचल प्रहरी कार्यालय लुम्बिनीको लागु औषध ब्युरोमा काम गर्ने प्रभु कोहारको ज्यान गएको हो ।
दुर्घटनामा परी गम्भिर घाईते भएका कोहारको उपचारकोक्रममा भरतपुरमा आज बिहान ज्यान गएकोे प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.