घोललाई संरक्षण गरी पोखरी निर्माण,सिचाईलाई समेत सुबिधा

दयाराम आचार्य
नवलपरासी,असार २८ । जलबायु परीवर्तनका कारण वातावरणमा बिभिन्न असरहरु देखा पर्दै गईरहेका छन । जलवायु परीर्वतनका कारण अना बृष्टि ,अति वृष्टि, अल्प बृष्टि देखि पानिका मुहना हरु सुक्दै जाने समस्या हरु समेत देखा पर्दै छन ।
जलवायु परीवर्तनका कारण बिभिन्न स्थानमा रहेका पानिका श्रोत र मुहान हरु सुक्दै गईरहेको बेलामा शुन्दरी सामुदायीक वन उपभोक्ता समती गैडाकोटले भने घोलको रुपमा रहेको स्थानलाई संरक्षण गरी पोखरी निर्माण गरेको छ ।

जलश्रोतका मुहान हरु सुक्दै जानथालेको भन्दै सामुदायीक बनले गैडाकोट नगरपालिका १५ अमरापुरीमा पानिको मुहान संरक्ष्ँण गर्दै पोखरी निर्माण गरेको हो।
त्यसै रहेको घोल जमिनलाई संरक्ष्ँण गरी पोखरीको निर्माण गरेका छौ ,यसले बातावरणलाई पनि राम्रो गर्ने , सिचाई देखि बनको आम्दानिको लागि अन्य बिविध रुपमा प्रयोग गनै पनि सकिने भएकाले ,घोललाई संरक्ष्ँण गरी पोखरीको रुप दिएका हौ शुन्दरी सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष चक्रपाणी खनाले भन्नुभयो ।

हरीयोवनको १ लाख रुपैया ,सुन्दरी सामुदायीक बनको १ खाल ५० हजार रुपैया र नगरपालिकाको ३ लाख रुपैयाको लागतमा पोखरी निर्माण गरीएको हो ।
घोलको रुपमा रहेको सो क्षेत्रलाई ब्यवस्थित गरी पोखरी निमार्ण गरे संगै अमरापुरीको भेलनटाडि क्षेत्रका करीब ३ बिगाहा खेतियोग्य जमिनको सिचाईको लागि सहजता पुगेको अध्यक्ष खनालले बताउनु भयो ।

पानिका मुहान हरुको सरक्ष्ँण नगर्नेहो भने भोलिका दिनमा जटिल समस्याहरु देखा पर्ने जस्तै पिउने पानि देखि सिचाईको लागी पनि पानिको अभाव हुने भन्दै सामुदायीक बनले पानिको मुहान संरक्ष्ँण गरी पोखरीको रुपमा निर्माण गरेको अध्यक्ष खनालले बताउनु भयो ।
त्यस क्षेत्रमा अन्य पानिका श्रोत हरु नभएकाले पोखरीको पानीले बनमा डढेलो लाग्दा निभाउनको लागि प्रयोग गर्ने , कृषकहरुलाई धानको बिउ राख्न देखि अन्य कृषि प्रयोजनको लागि सहयोग पुग्ने र आगामि दिनमा पोखरीमा माछा पालनको समेत योजना रहेको अध्यक्ष खनालले बताउनु भयो ।
पहिले रहेको मुलको ब्यवस्थापन नगरीएको भए त्यो मुल सुकेर जाने सम्भावना रहेको, साथै पानिको मुहान सुकेर समुदायलाई खानिपानिको समेत समस्या आउने सम्भावना देखिएकोकोमा त्यसको संरक्षण संगै अहिले भने सुख्खायाममा पनि पानि नसुक्ने अवस्था आएको सामुदायीक बन उपभोक्ता समिति नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले बताउनु भयो ।

मुहान संरक्षण संगै सुख्खा याममा अमरापुरी क्षेत्रमा आगलागि हुदा संकलित पानि दमकल मार्फत प्रयोग गरी आगो नियन्त्रणको लागि सहयोग पुर्याउने र सिचाई देखि ईको टुरिजमको रुपमा बिकास गरी स्थानिय समुदायको जिविकोपार्जनको लागि पनि सहयोग पुग्ने हिसाबले पोखरी निमार्ण गरीएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.