भरतपुर अस्पताललाई पोषण पुनरस्थापना गृहको हस्तान्तरण

 

चितवन, २७ असार ।  चितवनको भरतपुर अस्पताललाई आज पोषण पुनरस्थापना गृहको हस्तान्तरण गरीएको छ । नेपाल युथ फाउण्डेसन काठमाण्डौ र नेपाल सरकारको बाल स्वास्थ्य माहासाखाको सहयोगमा निर्माण गरीएको सो गृहको आज एक कार्यक्रममा बिच हस्तान्तरण गरीएको हो । diyalo
बिगत ५ वर्ष देखी नेपाल युथ फाउण्डेसन, दियालो परीवार नारायणगढ र भरतपुर अस्पतालको त्रिपक्षीय सम्भौतामा शुरु गरीएको गृहको आज अस्पताललाई हस्तान्तरण गरीएको हो । जसको लागत मा करीव १ करोड ७० लाख रहेको छ । सो गृहमा पौष्टीक आहारको कमील कुपोषीत भएका बिरामी बालबालीकाहरु लाई पुनर स्थापना गरीन्छ । गृहमा १० बटा बेड रहेको छ भने बिरामी लगाएत कुरुवा लाई समेत खाना ब्यवस्थाको सुबिधा रहेको छ ।
गृहको हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहले सहयोगी संस्थहरु लाई धन्यवाद दिदै आगमी दिनहरुमा थप सेवा दिन सकुन भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । नेपाल युथ फाउण्डेसन काठमाण्डौका कार्यकारी निर्देशक राजु धमलाले आफुहरुले बालबाललिकाको स्वास्थ्यमा रहेको समस्या लाई नियाल्दै जादा कुपोषका बिरामी भेटीएकोले आफुहरुले यसमा सहयोग गर्न लागेको बताउनु भयो ।
उहाले अस्पतालमा कुपोषणका बिरामीहरु निको भएर गए पनि पर्याप्त मात्रमा पौष्टीक आहार खाना नपाउदा  बिरमी फेरी फर्कीन गरेको डाक्टरहरुको भनाईले आफुहरुले पोषण पुनर स्थापना गृहको अभियानको शुरुवात गरीएको बताउनु भयो । नेपालमा हरेक वर्ष ५० हजार बालवालीकाको मृत्यु हुुनेमा वर्षेनी ३ प्रतिशत बालवालिकाको मृत्यु कपोषणका कारण हने गरेको एक तथ्याङ्कले देखाएको छ भने त्यसको कारण खाद्य समस्या रहेको पनि जनाएको छ ।
यस्तै बाल बिशेषज्ञ डाक्टर नारायण बहादुर थापाले ५ वर्ष मुनीका बालवालिकाहरुको धेरै मृत्यु हुने गरेको बताउनु भयो । साथै उहाले धेरैजसो पिछडीएका वर्गहरुमा कुपोषणका कारण मृत्यु हुने गरेको समेत जनाउनु भयो ।
भरतपुर अस्पतालका निमित्त सुपरी टेण्डन डा रुद्र प्रसाद मरासीनीले ५ वर्षमा ६ सय ५० जना कुपोष्ण भएका बालवालीकाहरु घर फिर्ता गरीएको जनाउनु भयो ।

 

Leave a Reply

Your email address will not be published.