नारायणगढमा सुविधासम्पन्न होटल मनास्लु सन्चालनमा

 

चितवन, २७ असार । चितवनको नारायणगढ पुलचोेकमा सुविधासम्पन्न होटल मनास्लु सोमबार बाट सन्चालामा आएको छ। १ करोड ६० लाखको ईन्टेरीयर डिजाईन भएको लिफट् सुविधा सहितको होटल मनास्लु सोमबार बाट सन्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिहले केक काटेर होटलको शुभारम्भ गर्नु भएको हो । होटलको उद्धघाटन गर्दै सिहले पर्यटन विकास गर्न नेपालको मुख्य स्रोत होटल ब्यबसाय पनि एक भएको बताउनु भएको छ । यसले आर्थिक विकासमा समेत टेवा पुर्याउने बताउनु भएको छ ।

होटल मनास्लु पाच तलाको सुविधासम्पन्न भवनमा २१ वटा कोठा छ भने १५ वटा कोठा बाट नारायणीको दुश्यावलोकन गर्न सकिने छ । माथिल्लो तला र तल्लो तलमा रेष्टुरेन्टको ब्यबस्था छ भने थकाली खाना होटलको मुख्य विशेषता भएको होटलका प्रवन्ध निर्देशक उमेश शर्माले जानकारी दिनु भएको छ।

करिब १२ करोडको लीजमा लिई सन्चालनमा आएको होटलमा नन एसी एसी र डिलक्स एसी को सुविधा रहेको होटलका मुख्य सन्चालक भरत केसीले जानकारी दिनु भएको छ । भरत केसी, उमेश शर्मा र भरत थापाले संयुक्त रुपमा होटल सन्चलमा आएको कार्यक्मका सन्चालक दिपक सापकोटाले जानकारी दिनु भएको छ।

कार्यक्ममा होटलका सन्चालक भरत केसीको अध्यक्षता रहेको थियो भने ससस्त्र प्रहरी बल चितवका प्रहरी नायब उपरिक्षक प्रेम प्रकाश सिग्देल, पोर्चगलका एन आर एन सल्लाहाकार नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.