चितवनका युवा रामहरी सेढाईँ खेलकुद मन्त्रालयबाट सम्मानित

Ramhari-sammanit

चितवन, २६ असार । खेलकुद क्षेत्रको प्रबद्र्धनमा र बिकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै चितवनका युवा रामहरी सेढाईँलाई खेलकुद मन्त्रालयले सम्मानित गरेको छ ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७२–७३ का लागि प्रदान गरेको विभिन्न युवा सम्मानका क्रममा चितवनका सेढाईँलाई ‘युवा क्षमता विकास र खेलकुद प्रवद्र्धन’ विधामा राष्ट्रिय युवा सम्मानबाट सम्मानित गरिएको हो ।

Ramhari-2

आईतबार काठमाडौँमा आयोजित एक भव्य समारोहकाबीच सेढाईसहित देशभरबाट फरक–फरक क्षेत्रका ४५ जना युवालाई खेलकुद मन्त्री सत्यनारायण मण्डलले नगद रु. ५० हजार रुपैयाँ नगद तथा सम्मानपत्र सहित सम्मानित गर्नुभएको थियो ।

भरतपुर उपमहानगरपालिका २७, पटिहानी निवासी सेढाईँ सानै उमेरदेखि खेलकुद क्षेत्रमा सकृय रुप लाग्नु भएको थियो ।

केहि समय अघि मात्रै सेढाईँ अध्यक्ष रहनु भएको पद्मोदय युवा क्लब भरतपुर–२७ ले अन्र्तराष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेर निकै चर्चा कमाएको थियो । अखिल नेपाल खेलकुद महासं चितवनका अध्यक्ष समेत रहनुभएको सेढाईँले चितवन जिल्ला खेलकुद विकास समितिका प्रवक्ता समेत भएर काम गरिसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published.