दियालोमा केदारको नेतृत्व

भरतपुर, २६ असार । चार दशकदेखि बालबालिका तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गरिरहेको दियालो परिवार नारायणगढको नयाँ अध्यक्षमा केदारनाथ खनाल निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न ३९ औं साधारणसभा तथा ३० औं अधिवेशनमा भएको निर्वाचनमा खनालले राजेन्द्रकुमार पियालाई पराजित गरे । अध्यक्षबाहेक कार्यससितिका सबै पदमा निर्विरोध भए । उपाध्यक्षमा पार्वती सिलवाल, सचिवमा रसीक प्रधान, कोषाध्यक्षमा रविकुमार प्रधान, सदस्यहरुपमा विश्वराज वाग्ले, विमल भट्टराई, सुनिल शर्मा, लेखनाथ पोखरेल र अवनि मैनाली चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published.