लियो क्लव अफ नारायणगढको पदहस्तान्तरण

चितवन, असार २५ । लियो क्लवमा इतिहास बोकेको सबै भन्दा पुरानो लियो क्लव अफ नारायणगढको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आज (शनिबार) जितनारायण पिया भोकेसनल ट्रेनिङ सेन्टर लायन्स भवन नारायणगढमा भएको कार्यक्रममा नयाँ कार्यसमितिलाई पदहस्तान्तरण गरिएको हो । वर्ष २०१५/१६ का अध्यक्ष लियो ज्ञानेन्द्र पौडेलले वर्ष २०१६/१७ का अध्यक्षमा लियो राजु चौधरीलाई पदहस्तान्तरण गर्नुभयो । यस्तै वर्ष २०१५÷१६ का सचिव लियो राजु चौधरी (बी) ले वर्ष २०१६\१७ का सचिव लियो कपिल अधिकारीलाई हस्तान्तरण गर्नुभयो । यसैगरि वर्ष २०१५÷१६ का कोषाध्यक्ष लियो सिर्जन अधिकारीले वर्ष २०१६/१७ का कोषाध्क्ष लियो कृष्णचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभयो ।leo handover pgm
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ नारायणगढका वर्ष २०१६/१७ का सचिव लायन केशव अधिकारीले लायन्ससंग सहकार्य गर्दै लियोले समाजमा सकरात्मक कामहरु गर्नुपर्ने बताउनुभयो । उहाँले लियोलाई सहयोग गर्न हरदम तयार रहेको प्रतिवद्धता जनाउँदै प्रभावकारी कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै लियो ३२५ बी टु का एरियो कोर्डिनेटर लियो महादिप श्रेष्ठले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिँदै समाजका लागि उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो । उहाँले समाजप्रति उत्तरदायी भएमा मात्रै लियोको सार्थकता हुने भन्दै यसका लागि सबै लियोहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
भर्खरै कार्यभार सम्हाल्नु भएका अध्यक्ष चौधरीले यसवर्ष पनि क्लवले विगतका जस्तै सकरात्मक र प्रभावकारी कार्यहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्लवलाई अगाडि बढाउन सबैको सहयोग चाहिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु लियो सवल पिया, लियो मोहन गिरी, लियो रविन अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पौडेललगायतले बोल्नु भएको थियो ।
क्लवको २९ औं वार्षिक साधारणसभा तथा २९ औं अधिवेशनबाट वर्ष २०१६/१७ का लागि चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । यस्तै क्लवको प्रथम उपाध्यक्षमा लियो राजु चौधरी (बी), द्धितिय उपाध्यक्षमा लियो सृजन अधिकारी, तृतीय उपाध्यक्षमा लियो मोहन तिवारी रहेका छन् । यस्तसह–सचिवमा लियो मिलन जोशी, सह–कोषाध्यक्षमा लियो अलिस श्रेष्ठ रहेका छन् ।
यसैगरि क्लवका निर्देशकमा लियो अमृता श्रेष्ठ, पिआरओमा लियो घनश्याम पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published.