नारायणीको वडा नम्बर ११ चितवनकै पहिलो वातावरणमैत्री वडा घोषित(भिडियोसहित)

चितवन, २६ असार । पश्चिम चितवनको नारायणी नगरपालिकाको वडा नं ११ चितवनको पहिलो वातावरणमैत्री वडा घोषित भएको छ ।
भने नेपालकै तेश्रो वातावरण मैत्री वडा घोषणा भएको हो । यसअघि तनहुं जिल्लाको व्यास नगरपालिकाको दुई वडा नेपालको पहिलो र दोश्रो वातावरणमैत्री घोषित भएका थिए ।
एक भव्य समारोहका विच चितवनका स्थानिय विकास अधिकारी श्रवण कुमार पोख्रेलले वडा नं.–११ मा विरुवा रोपेर वडा ११ जिल्लाकै पहिलो वतावरणमैत्री वडा भएको बताएका थिए । उनले जिल्ला नै नेपालको नमुना वतावरणमैत्री बनाउने अभियान नारायणीको वडा नं.–११ ले नमुना काम गरेको प्रशंसा गर्दै सबै यसलेको अनुशरण गर्न सुझाव दिए ।
यस्तै सो अवसरमा बोल्दै नारायणी नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीले नेपाल सरकारले तोकेको वातावरण मैत्री स्थानिय शासन प्रारुपका मपदण्ड सहित १४ वटा सूचक पुरा गरेकोले १ज्ञ नम्बर वडा वातावरणमैत्री घोषित भएको बताए । जसमा पुर्ण सरसफाई वडा भएको, हरेक घरमा शुद्ध खानेपानीको ब्यबस्था भएको, हरेक घरमा ट्वाईलेटको ब्यबस्था भएको, हरेक घर अगाडी डस्टबीन भएको, वडाका सवै बजारमा विस विस मिटरमा धुपीको रुख रोपी डस्टविनको ब्यबस्था भएको, हरेक बजारमा सोलार बक्तिको ब्यबस्था भएको नगरपालीकाको मापदण्ड अनुसार वडाका सवै बाटोहरु निमार्ण गरेकोले वातावरण मैत्री वडा घोषाण गरीएको नारायणी नगरपालिकाको वातावरण विज्ञ सारदा पोख्रेलले बताईन् ।
वातावरण मैत्री वडा घोषणा हुन मापदण्ड पुरा भएकाले वातावरण मैत्री वडा घोषणाा गरीएको हो । वडा नागरिक मञ्च वडा नम्बर १ज्ञ की अध्यक्ष अञ्जु परियारले बताइन् । साविक जगतपुर हदां समेत हामी देशकै नमुना थियौं–अहिले नमुना गर्दा हामी सबै खुसी छौं ।
आज नै भरतपुर ७ कृष्णपुर पनि वातावरण मैत्री घोषाण हुदै छ । भने जिल्ला विकास समितिको कार्यालय चितवन पनि वातावारण मैत्री जिविस घोषणा गरिदैछ ।