प्रहरीमा पनि नक्कली प्रमाणपत्रधारी छन्, छानविन गर्छौः अर्यालले के भने ? (भिडियोसहित)

राजेन्द् आचार्य / सरोज आचार्य
चितवन, २५ असार,। प्रहरी महानरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारीको संख्या ठूलो रहेको स्वीकारेका छन् ।साथै पछिल्ला समयमा नक्कली प्रमाणपत्र भएका प्रहरी पक्राउ पर्ने क्रम बढेको भन्दै नेपाल प्रहरीले नै आन्तरिक छानविन सुरु गरेको बताए ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रहरी प्रमुख अर्यालले प्रहरी संगठनको छवीलाई उच्च बनाउन आफू लागि परेको दावी गरे । ‘नक्कली प्रमाणपत्रको जालो कहाँसम्म फैलिएको छन्ने त प्रहरीका पछिल्ला अनुसन्धानहरुले देखाएका छन् । अन्यमा जस्तै प्रहरीमा पनि नक्कली प्रमाणपत्रधारीहरु छन्’ उनले भने, ‘अब संगठनलाई उच्च मर्यादायुक्त बनाउन प्रहरीले नै प्रयास गर्नेछ ।’
खराब काम गर्नेहरुलाई कुनै हिसावले प्रोत्साहन गर्न नसकिने भन्दै प्रहरी प्रमुख अयार्लले नक्कली प्रमाणपत्र प्रयोग गरेर प्रहरी सेवामा प्रवेश गर्नेहरुविरुद्ध कारवाहीको प्रक्रिया सुरु गरिएको बताए ।
साथै उनले वर्षा लागेसँगै देशभर बाढी पहिरोको जोखिम बढेको भन्दै प्रहरीले विपद् व्यवस्थापनको तयारी गरिसकेको पनि बताए । यसका लागि विशेष दस्ता नै बनाइएको उनले जानकारी दिए ।
महानिरीक्षक अर्यालले प्रहरीमा मागअनुसार दरबन्दी भएको बताउँदै उनले गृह मन्त्रालयमा दबरबन्दी थप्ने प्रस्ताव अलपत्र परेको बताए । तर, केही समयभित्रै प्रहरी दरबन्दी थपिनेमा उनले विश्वास व्यक्त गरे ।