साहित्य रचना जीवन उपयोगी हुनुपर्यो: साहित्यीक अगुवा

IMG_20160709_131232

बिशाल सापकोटा

चितवन, २५ असार । पछिल्लो समय चर्चा कमाउनका लागी मात्र कृति रच्न थालिएको भन्दै साहित्य रचना मुलतः जीवन उपयोगी हुनु पर्नेमा साहित्यीक अगुवाहरुले जोड दिएका छन ।

साहित्यमा समाजको यथार्थतालाई चित्रित गरेर बर्णन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि त्यसको प्रयोग एकदमै न्युन हुने गरेको उनिहरुको गुनासो छ ।

२ सय ३ औँ भानु जयन्तीको पुर्वसन्ध्यामा बाल्मिकी साहित्य सदन रत्ननगर चितवनले आज रत्ननगर नगरपालिकाको सभाहलमा आयोजना गरेको स्रष्टा सम्मान तथा रचना बाचन एवंम प्रतियोगिता कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।

कविता बाचन गर्दै कार्यक्रमको सुरुवात गर्नुभएका प्रमुख अतिथी बरिष्ठ साहित्यकार निर्मोहि व्यासले भानुभक्त आचार्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम ल्याएको स्मरण गर्नुभयो ।

उहाँले पछिल्लो समयमा साहित्यमा भएको नयाँ नयाँ प्रयोगले यस क्षेत्रलाई अझ परिस्कृत गरेको बताउनु भयो ।
उहाँले चितवनलाई साहित्यको राजधानीका रुपमा छबि बनाउन यहाँका स्रष्टाहरुको महत्वपुर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार केदारनाथ खनालले भानुभक्त आचार्यको जीवनी, ब्यक्तित्व तथा उहाँका कृतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी रत्ननगर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख सिताराम पोखरेलले स्रष्टा कुनै राजनितिक दल बिशेषको नभई साझा भएको बताउनुभयो ।

दलका नेता र स्रष्टा स्वयंमले पनि आँफुलाई कुनै पार्टी बिशेषको नभई सबैको बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
बरिष्ठ साहित्यकार गोबिन्दराज बिनोदी, अच्युत खनाल, पुष्प अधिकारी अन्जली, प्रेम रिमाल, ईश्वरी ओझा, नेपाली कांग्रेसका रत्ननगर नगर सभापति रुपनराज घिमिरे लगायतले यस्ता कार्यक्रमले समग्र साहित्यको विकास र नवप्रवेसीलाई टेवा पु¥याउने बताएका थिए ।

सोहि कार्यक्रममा ५ जना साहित्यीक स्रष्टाहरुलाई उनिहरुको योगदान र क्षमताको स्मरण गर्दै आयोजकले कदरपत्र सहित सम्मान समेत गरेको थियो ।

सम्मानित हुनेहरुमा रामहरी शर्मा सराह, भुपिन, श्यामजी अतिथी, पुर्ण प्रसाद अधिकारी, ज्ञानु अधिकारी रहेका छन ।
त्यस्तै करिब २० जना प्रतियोगीले सहभागीता जनाएको रचना बाचन कार्यक्रममा प्रथम नरेन्द्र राज पौडेल प्रथम हुन भएको छ ।

यस्तै द्धितियमा राज कडेंल, तृतियमा मिनराज बसन्त र लिला ढकाल बिजयी हुनु भएको छ । बिजयी सबैलाई आयोजकले नगद र प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

आयोजक संस्था बाल्मिकी साहित्य सदनका कोषाध्यक्ष तिलकराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन साहित्यकारहरु लक्ष्मण अर्याल र राजेन्द्र हमालले गर्नुएको थियो ।

चितवन, नवलपरासी, काठमाडौँ, बारा, पर्सा लगायतका जिल्लाबाट समेत गरि करिब १ सय जना साहित्यकाहरुको सहभागिता रहेको सो कार्यक्रम बाल्मिकी साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.