वोष्टन कलेजका प्राध्यापकलाई “प्रभावकारी शिक्षण सिकाई विधि”

चितवन, २४ असार । मोफसलमा व्यवस्थापन संकायमा नयां शिक्षण सिकाई अपनाउदै आएको बोष्टन ईन्टरनेशनल कलेजले आफ्ना प्राध्यापकहरुलाई “प्रभावकारी शिक्षण सिकाई विधि” प्रदान गरेको छ ।13585241_1066095806800190_7556213696717294177_o
कलेजले आफ्ना प्राध्यापकहरुलाई क्षमता अभिवृद्धि अनुशिक्षण तालिम अन्र्तगत “प्रभावकारी शिक्षण सिकाई विधि” प्रदान गरेको हो ।
मोफसलमा नै पहिलो पटक बोष्टन प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रम अन्र्तगत “केस स्टडी विश्लेषण र लेखन बारेमा दुई दिने आवासीय अनुशिक्षण तालिम” सम्पन्न गरिएको कलेजले समय अनुकुल शिक्षण सिकाईमा परिर्वतन गर्न सो विधि प्रधान गरेको कलेजका कलेजका निर्देशक राजु लामाले जानकारी दिए ।
गुणस्तरीय शिक्षा प्रदान गर्न गर्दै सिक्दै शिक्षण सिकाई पद्धतीबाट विद्यार्थीहरुको क्षमता वृद्धिका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुन्छ–उनले भने । नयां विधिबाट शिक्षक प्रशिक्षित भएपछि विद्यार्थीहरु पनि हुन्छन् ।13483047_1058673707542400_3075982918986973280_o
दुई दिने सम्म दासढुङ्गाको प्रेसिडेन्सी रिर्सोट आवासीय सुविधा सहित व्यवहारिक शिक्षाका लागि गर्दै सिक्दै शिक्षण पद्धतीबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि कसरी गर्ने, कस्ता विषय वस्तु समावेश गर्ने, कस्तो केस स्टडी गर्दा सिकाई उपयोगी हुन्छ भन्ने खालको शिक्षण विधि बारेमा बरिष्ठ प्रोफेसर डा.श्रीधरप्रसाद लोहनी र डाक्टर मदन विष्टले प्रशिक्षण तथा सहजीकरण गरेको कलेका कलेजका कार्यक्रम संयोजक मोहित सिंह ठगुन्नाले जानकारी दिए ।
दुई दिने अनुप्रशिक्षण तालिममा कलेजका ३२ जना प्राध्यापकहरु सहभागी रहेका थिए ।

यसै विच सोही विधि जिल्लाका विभिन्न २० वटा बढी उच्च माध्यामिक विद्यालयका प्रचार्य र शिक्षकलाई सौराहामा आवासीय सुविधा सहित दिएको थियो । जिल्लाका सबै उच्चमावि गुणस्तरीय शिक्षाका लागि विधि उपयोगी हुने भएकोले विधि बारेमा प्रशिक्षित बनाईएको कलेजका अध्यक्ष तथा प्रचार्य आनन्द बहादुर चन्दले बताए । तस्वीर पनि संलग्न रहेको छ ।

Leave a Reply

Your email address will not be published.