पश्चिम चितवनमा हात्ती आतंक हटाउन श्रीजंग गणको संयुक्त गस्ती

राजेन्द्र आचार्य
चितवन, २४ असार । पश्चिम चितवन जगतपुर क्षेत्रमा हात्ती आतंक नियन्त्रण गर्न संयुक्त रुपमा रात्रि सुरक्षा गस्ती संचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री श्रीजंग गणको पहलमा जगतपुरमा संयुक्त रुपमा रात्रि सुरक्षा गस्ती संचालन गरिएका गणका गणपति माधव थापाले जानकारी दिए ।
यस अघि “चितवनको जगतपुरमा हात्ती आंतक, स्थानिय त्रतिस ” शिर्षकमा सौराहा अनलाईनमा २१ गते प्रकाशित भएपछि समाचार प्रभावले गर्दा उक्त घटनालाई न्युुनिकरण गर्न र सुरक्षाको प्रत्याभुति दिलाउन केरुङ्गा उपभोक्ता समितिको कार्यालयमा चितवन राष्ट्रिय निकुञ्जका, नेपाली सेना श्रीजंग गण, केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष, समुदायमा आधिरित चोरी शिकार नियन्त्रण ईकाई विच संयुक्र रुपमा गस्ती सुरु गरिएको हो ।
संयुक्त उपस्थितीमा बैठक बसी जगपुर घैलाघारी तथा आसपासको ईलाकामा सुरक्षाको व्यवस्था मिलाई जनधनको क्षती हुन नदिन नेपाली सेनाले सुरक्षात्मक काम सुरु गरेको हो उनले अनलाईन खबरसगं भने ।
घटनामा क्षती पुगेका घरहरु र घाईतेलाइ नियम अनुसार पाउने क्षतीपुर्तिको व्यवस्था मिलाउने सम्बन्धमा बैठक बसी निर्णय अनुसार काम भईरहेको छ ।
गणबाट दैनिक रुपमा गरिने रातको पट्रोलिङ्ग टोलीमा समुदायमा आधिरित चोरी शिकार नियन्त्रण ईकाई व्यक्तिहरुलाई समेत सम्मिलित गरि संयुक्त रुपमा रात्रि सुरक्षा गस्ती संचालन भएको छ ।
साथै विभिन्न हात्ति छिर्ने सक्ने संवेदनशिल स्थानहरु पहिचान गरि आवश्यक सुरक्ष व्यवस्था मिलाई स्थानिय जनताको जनधनको सुरक्षामा आहो रात्र खट्टिएको गणका मेजर निराजन कटुवालले जानकारी गराए । हात्तीले गएको सातादेखि सो क्षेत्रमा आतंक मच्चाईरहेको छ ।