नवलपरासीमा उत्पादित बल्छि विदेश निर्यात् (तस्वीरसहित)

दयाराम आचार्य
नवलपरासी, २४ असार । नवलपरासीमा उत्पादन गरिएको माछा मार्ने बल्छि विदेशमा निर्यात हुदै आईरहेको छ ।
जिल्लाको गैडाकोट १० पितौजीमा रहेको शेर्पा फ्लाईजले विगत ३ वर्षबाट बल्छि उत्पादन गरि विदेशमा निर्यात गर्दै आईरहेको छ ।
कृतिम किराका आकृतीबाट आकर्षक डिजाईनमा निर्मित बल्छि अमेरीका,क्यानेडा, श्रीलङका र भारत लगाएतका देशमा निर्यात हुदै आएको कम्पनीका सुपरभाईजर मेघा पुलामीले बताईन । स्वदेशमा भने यस बल्छिको माग नभएकाले उत्पादन भएका सबै बल्छि विदेशमा नै निर्यात हुने गरेको पुलामिले जानकारी दिईन ।
यस कम्पनीबाट हप्तामा एक सय दर्जन बल्छि उत्पादन हुने गरेको छ ।
बल्छिको आकार र डिजाईन हेरी प्रति दर्जन ४ देखि ९ डलर सम्ममा बिक्रि हुदै आएको पुलामीले बताईन ।
विषेश गरेर जुन र जुलाई महिनामा बल्छिको माग बढि हुने भएकाले यस महिनामा उत्पादन र निर्यात पनी बढि हुने गरेको पुलामिले जानकारी दिईन ।
कम्पनिबाट ५ सय प्रकारका बिभिन्न प्रजातीका किराहरुको आकृतीका डिजाईनमा बल्छि निर्माण हुदै आएको छ ।
खास गरि नेपालमा बल्छिमा माछा फसाउनकालागी गड्यौलालाई चाहाराका रुपमा प्रयोग गरिन्छ तर , विदेशमा भने कृतिम किराबाट निर्मित बल्छि नै बढि प्रयोग हुने गरेको आफुले देखेपछि यसको कम्पनी यहा खोलेको कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर भोला थापाले बताए ।
अरु कुनै चाहारा नचाहिने किरा देखेपछि माछा सजिलै फस्नु बल्छिको षिवशेषता हो , विदेशमा माछा मार्नकालागी यस प्रकारको बल्छिको प्रयोग बढि हुने गरेकाले विदेशमा नै यसको निर्यात हुदै आएको थापाले बताए ।
बल्छि निर्माणको लागि सेन्थेटिक ,फाईबर र हुक लगाएतका कच्चा पदार्थ आवश्यक पर्छ जसमध्ये धेरैजसो कच्चा पदार्थ अमेरीकाबाट नै आउने थापाले बताए ।
बल्छि उत्पादनको काम सबै महिलाले नै गर्ने गरेका छन । कम्पनीमा ३५ जना महिलाले रोजगारी समेत पाएका छन ।