अक्स्फोर्ड कलेज नवलपरासीका विद्यार्थीले भूकम्प सूचक यन्त्र वनाए (भिडीयो सहित)

गैडाकोट, २३ असार । नवलपरासीको गैडाकोटमा रहेको अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट मा अध्ययनरत विद्यार्थीले भूकम्प सूचक यन्त्र वनाएका छन् ।भूकम्पले सर्वसाधारणमा त्रास बढाईरहको समयमा इलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सका विद्यार्थीहरुले भूकम्पको जानकारी दिने यन्त्र निर्माण गरका हुन् ।vlcsnap-2016-07-07-00h52m37s27

भूकम्प आयो वा आईरहेको कुराको अलर्ट दिने भूकम्प सूचक यन्त्रहरु दुई प्रकारका छन् । सूचकले भूकम्पको कम्पन उत्पन्न भएपछि आवश्यक खतराको संकेत दिने अमृत सापकोटाले वताए । सूचक मध्ये पानीको प्रयोग गरि निर्माण गरिएको सूचकले पानीको सतहको तरङगको आधारमा भूकम्प आएको बारे जानकारी दिने गर्दछ भने स्प्रीङबाट निर्माण गरिएको दोस्रो सूचकले भूकम्पका भर्टिकल र होरिजेन्टल दुवै तरङगहरुलाई केन्द्रीय भू–आकर्षण सिद्धान्तको आधारमा जानकारी गराउने निर्माण टोलीका सदस्य सुनिल यादवले जानकारी दिए ।

 

विद्यार्थीहरुले निर्माण गरेका पहिलो सूचक यन्त्रको मूल्य एक हजार रुपैयाँ र दोस्रो सूचकयन्त्रलाई भने एक हजार ५ सय रुपैयाँ पर्ने बताइएको छ । कलेजका प्रमुख इन्जिनियर हरि भण्डारीले सो सूचक यन्त्रहरुलाई सूपथ मूल्यमा बजारमा ल्याउने जानकारी दिए ।