चितवनमा हर्षोल्लासका साथ इद मनाइयो

चितवन, २३ असार । इस्लाम धर्मावलम्बीहरुले हर्सोल्लासपूर्वक इद पर्व मनाएका छन् । इद पर्वसँगै एक महिना लामो कठोर र पवित्र व्रत (रोजा) पनि समाप्त भएको छ ।2
पर्वका अवसरमा इस्लाम धर्मावलम्बीहरुले नजिकैका मस्जिदमा पुगेर नमाज पढी आपसमा शुभकामना साटासाट गरेका छन् । इद पर्वलाई इस्लाम धर्मावलम्बीहरुले दुस्मनहरुसँग समेत शुभकामना साट्ने पर्वका रुपमा लिने गरेका छन् । चितवनका मस्जिदमा उपस्थित भएका इस्लाम धर्मावलम्बीहरुले नमाज पढेपछि अंकमाल गर्दै इद मुबारक भन्दै शुभकामना साटासाट गरे ।
1

देशभरका मस्जिद, इदगाह लगायतका स्थानमा सामूहिक प्रार्थना गर्ने र शुभकामना साटासाट गर्नेहरुको बिहीबार भिडभाड रहेको थियो । मस्जिदमा शुभकामना साटासाट गरेपछि घरमा गएर प्रसाद खाइ परिवारका सदस्यबीच तीन दिनसम्म खुशीयाली मनाउने चलन रहेको इस्लाम धर्मावलम्बीहरुले बताएका छन् । पर्वका अवसरमा चितवनको भरतपुरमा नुरी जामा मस्जिदमा मुस्लिम समुदायको भीड लागेको थियो ।
नेपालमा इस्लाम धर्मावलम्बीहरुको संख्या १२ लाख रहेको सरकारी तथ्यांक छ । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व भएका कारण सरकारले बिहीबार सार्वजनिक विदा दिएको थियो ।

3

Leave a Reply

Your email address will not be published.