कविलासका भूकम्प पीडितलाई ब्याडे बोको वितरण

चितवन, २३ असार । चितवनका भूकम्प पीडित समुदायलाई उन्नत जातका ब्याडे बोका वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनको आयोजना तथा कविलास गाविसको सहयोगमा बिहीबार कविलासका भूकम्प पीडितलाई ब्याडे बोका वितरण गरिएको हो ।
चितवनका भूकम्प पीडितका लागि सरकारबाट जिल्ला पशु सेवा कार्यालयले वितरण गर्ने गरि यस वर्ष सय वटा बोका र पाँच वटा राँगा अनुदानमा आएका कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले बताए ।hegoat नश्ल सुधार गरिएका उन्नत जातको बोकाका कारण भूकम्प प्रभावितहरुको आयआर्जनमा समेत वृद्धि गराउने कार्कीले विश्वास व्यक्त गरे । ब्याडे बोकाहरुलाई चितवनका पहाडी गाविसका भूकम्प पीडितहरुलाई वितरण गरिएको समेत कार्कीले बताए ।
एउटा वडामा एउटा ब्याडे बोका पुग्ने गरि एउटा गाविसमा कम्तीमा पनि १० वटा ब्याडे बोका वितरण गरिएको छ । बोका पाल्न सक्ने व्यक्तिको छनौट गरि उनीहरुलाई ब्याडे बोका वितरण गरिएको कविलास गाविसका सचिव प्रद्युम्न कुमार खड्काले बताए । स्थानीय सर्वदलीय संयन्त्रले सिफारिस गरेका कविलासका भूकम्प पीडितलाई ब्याडे बोका वितरण गरिएको खड्काको भनाइ थियो । भूकम्पले घर पूर्ण रुपमा क्षेति भएर रातो कार्ड पाएका भूकम्प पीडितको छनौट गरि बोका वितरण गरिएको खड्काले बताए ।
कविलास गाविसमा मात्र एक सय ३५ जना भूकम्प पीडितले रातो कार्ड पाएका छन् । कार्यक्रममा पशु विकास अधिकृत रुद्रकुमार श्रेष्ठले जमुनापारी र खरी जातको बोकालाई क्रस गरेको बोका ब्याडे बोकाको रुपमा वितरण गरिएको बताए । भूकम्प पीडितहरुको लागि वितरण गरिएको सम्पूर्ण बोकाहरुको विमा गरिएको कारण बोकालाई केही भएमा किसानले विमांक रमक पाउने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.