भुकम्प पिडित चेपाङ्गलाई उन्नत जातका ब्याडे बोका वितरण, के भने चेपाङ्गले (तस्वीर र भिडियो हेर्नुहोस्)

राजेन्द्र आचार्य
चितवन, २३ असार । चितवनका भुकम्प पिडित चेपाङ्ग समुदायलाई उन्नत जातका ब्याडे बोका वितरण गरिएको छ । 13579829_1131363850238752_1303313272_o
जिल्ला पशु सेवा कार्यालय चितवनले जिल्लाका ८ वटा पहाडी गाविसका भुकम्प पिडितलाई लक्षित गरि उन्नत जातका बोका वितरण अर्नगत सिद्धि गाविसका चेपाङ्ग सुमदायलाई ब्याडे बोका वितरण गरिएको हो । बाख्रापलानको पकेट क्षेत्रका रुपमा विकसित हुदै गईरहेको सिद्धिमा आयाआर्जनका लागि चेपाङ्ग सुमदाय बाख्रा पालनमा सक्रिए थिए– जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा.रामकुमार कार्कीले भने । ब्याडे बोका कारण समस्यामा परेका भुकम्प पिडितसगै अन्यले पनि लाभ होस् भनेर ब्याडे बोका वितरण गरियो । 13589271_1131364103572060_2001965063_o
चितवनको दाहाखानी, चण्डीभन्¥याङ्ग, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरमा गरि १ सय वटा ब्याडे वितरण अभियान अनुसार सिद्धिमा १० वटा बोका वितरण गएिको छ ।
नश्ल सुधारसगै उन्नत जातको बोका कारण आयआर्जनमा समेत वृद्धि गराउने पशु सेवा विभागको लक्ष्य अनुसार बोका वितरण समेत गरेको उनले बताए ।
१५ लाख रुपैयाको लाखतमा चितवनमा १ सय वटा ब्याडे बोका वितरण गरिहेको उनले बताए । 13588816_1131363986905405_1919897562_o
यसैविच सिद्धि गाविसका चेपाङ्ग समुदायलाई चितवन प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण शर्मा, कोष तथा लेखा नियन्त्रयण कार्यालय चितवनका प्रमुख नारायणदत्त शर्मा र पशु कार्यालयका प्रमुख डा.रामकुमार कार्कीे सयुक्त रुपमा बोका वितरण गरेका थिए । सो अवसरमा बोल्दै ब्याडे बोका वितरण गर्दै सहायक प्रजिअ शर्माले बोका पाएपछि चेपाङ्ग समुदायको बाख्रा पालन थप फस्टाउने बताए । कोष तथा लेखा नियन्त्रयण कार्यालय चितवनका प्रमुख नारायणदत्त शर्माले समेत नेपालको नीति अनुसार उन्नत जातका राम्रो बोका वितरण भएको पाएको बताए ।
बोका पाएसगै खुसी हुदै सिद्धलाल चेपाङ्गले भने । निकै खुसी लागेको छ, ब्याडे बोका नहुदां ब्राखा पालनमा समस्या थियो । म खुखी पनि थिए । ४० वटा बाख्रा मैले पालेको छु, अब त सजिलो भो, म अति नै खुसी छु । उनलाई बोका कारण भुकम्पपछि बाख्रा निकै समस्या थियो । उनी मात्रै होईन् सिद्धि माझवाङ्गकै निरमाया चेपाङ्ग पनि बोका पाउदा निकै खुसी भएको बताईन् ।

 

पशु कार्यालय एउटा वडामा एउटा ब्याडे बोकासगै ६ महिनलाई पुग्ने औषधी समेत वितरण गरिएको थियो । भने सबै बोकाको निशुल्क रुपमा पशु कार्यालयले नै विमा गरिदिएको छ । पछिल्लो समयमा आयआर्जनका लागि चितवन सिद्धीका गाविसका चेपाङ्ग समुदायहरु बाख्रापालनमा सक्रिय थिए । बाख्रा पालनमा लागे पनि यहां ब्याडे बोका हुदा उनीहरु समस्या थिए ।

Leave a Reply

Your email address will not be published.