साईकल यात्रीको मृत्यु

चितवन, असार २२ । पश्चिम चितवनको चित्रवन नगरपालिका–१२ स्थित ज्योतीनगरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाा साईकल यात्रीको मृत्यु भएको छ । कारले रोकि राखेको साईकललाईे ठक्कर स्थानीय २५ वर्षीय नारायण प्रसाद अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाँस काटेर फर्किदै गर्दा चोकको छेउमा रोकिराखेको अवस्थामा बा १४ च ५७१५ नम्बरको कारले ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published.