ज्योतिर्मय टोलमा सरसफाई (तस्वीर र भिडियोसहित)

 

राजेन्द्र आचार्य
चितवन, २२ असार । पूर्वी चितवनको रत्ननगर वडा नम्बर–७ को ज्योर्तिमय टोलमा सरसफाई गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गसगै जोडिएको टोलमा जथाभावी रुपमा फोहर फाल्ने क्रम बढेर र रत्ननगर नगरपालिकाले वेवास्ता गरेको भन्दै स्थानिय महिलाहरुको सहभागीमा टोल सरसफाई गरिएको हो । 13595795_1130851520289985_395166434_n

ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्रको आयोजना गरिएको सरसफाई कार्यक्रममा कृष्णमन्दिर देखि शित्तल टोल सम्म सरसफाई गरिएको संस्थाकी अध्यक्ष शान्ति ढुङ्गानाले जानकारी दिईन् । आफ्नो टोल आफै सरसफाई राखौ भन्ने उद्देश्य गरिएको सरसफाईमा ३० जना महिलाहरुको सहभागीता थियो ।
सो अवसरमा बोल्दै स्थानिय बन्दना अधिकारीले रत्ननगरपालिकाले वातावरणमैत्री नगर बनाउने भने पनि त्यो नारामा मात्तै सिति गरेको गुनासो गरिन् । 13595459_1130851543623316_1104971316_nउनले भनिन् फोहर उठाउन महिना दिन एक पटक गाडी आउछ, त्यो पनि हामीलाई थाहा हुदैन् , अझै राजमार्ग भएकोले फेहर पनि अरु फाल्छन् । अनि हामीलाई दुर्गन्धको समस्या छ ।
सो अवसरमा महिलाहरुले १ ट्याक्टर फोहर टोलबाट संकलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.