रोटरीको रक्तदानमा एक सय नौ जना सहभागी

 

चितवन, असार २२ । रोटरी क्लब अब नारायणगढ र रोट्रयाक्ट क्लब अफ नारायणगढको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार सहिदचोकमा गरिएको रक्तदानमा १३ जना महिला सहित एक सय नौ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक राजाराम सिटौलाले जानकारी दिए । गर्मी याम बढेसँगै देखिने रगतको मागलाई मध्यनगर गर्दै रक्तदान कार्यक्रमको अयोजना गरिएको हो । रगतको अभावलाई परिपूर्ति गर्नको लागि विभिन्न संघ संस्थाले गर्ने रक्तदान कार्यक्रम प्रभावकारी हुने भएकाले खुला रक्तदान गरिएको सिटौलाको भनाइ छ । एक सय १० पटक रक्तदान गरेका स्वयम्सेवी रक्तदाता समूहका अध्यक्ष ध्रुवराज थपलिया प्रमुख अतिथि रहेको कार्यक्रम रोटरी क्लब नारायगढगणका संस्थापक अध्यक्ष निरञ्जन प्रधानको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.