चितवन व्यवसायिक केरा खेतीमा अब्बल बन्दै (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, २२ असार । चितवनमा व्यवसायी केरा खेतीबाट गत बर्ष मात्रै १ अर्व रुपैया वरावरको कारोबार गर्न सफल भएको छ । किसानहरुले बार्षिक २५ करोड मुनाफा गर्न सफल भएका छन् । परम्परागत रुपमा खेती गर्दा खर्च बढि लाग्ने र उत्पादन कम हुन थालेपछि केरा खेतीमा आर्कषित बनेका चितवनका व्यवसायिक किसानहरुले २५ करोड नाफा गर्न सफल भएको चितवन केरा व्यवसायी समितिले जनाएको छ । 13588987_1130735243634946_1613686294_oचितवन केरा उत्पादक संघका अनुसार करिव ४५ हजार मेक्ट्रिक टन केरा उत्पादनमा खर्च कटाएर २५ करोड नाफा भएको चितवन केरा व्यवसायी समितिका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । अघिल्लो त्य अघिको वर्षमा भने ८० करोडको कारोकार गरि २ हजार विगाहबाट २० करोड नाफा गर्न सफल भएका
यो बर्ष भने केरा खेतीबाट ३० करोड मुनाफा गर्न अनुमान थियो अनलाईन खबरसगं अध्यक्ष पन्तले भने । हावाहुरी र विभिन्न रोगहरुसगै प्लटिङ्गले गर्दा सोचे भन्दा उत्पादन कम हुने भयो । उनका अनुसार २५ करोड नाफा गर्न ७५ करोड रुपैया खर्च भएको समेत बताए । धान, मकै, गहुँ र कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय पनि धेरै लाग्ने र खर्च समेत उत्पादन भन्दा धेरै हुन थालेपछि केरा खेती गरेको चितवनका केरा किसानहरुको भनाई छ ।

केरा खेतीमा चितवन अब्बल
चितवन व्यवसायिक केरा खेतीमा अब्बल बन्दै गएको छ । जिल्लामा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रमले केरा खेती विस्तारमा आएको परिर्वतसगैं यहां किसान समेत बढेका छन् । पछिल्लो समयमा चितवनको रत्ननगर, पदमपुर, पिठुवा, बछौली, जुटपानी, जगतपुर, ठिमुरा,र चैनपुर, खैरहनी, कुमरोज, माडी लगायतका ठाउंहरुमा व्यवसायिक केरा खेती गरिदै आएको छ ।
पाँच वर्षमा जिल्लामा केराखेती तेब्बर क्षेत्रफलमा विस्तार भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । ५ वर्षअघि जिल्लामा ८ सय ५४ बिहागामा मात्रै केरा खेती हुने गरेको हाल आएर २५ सय विगाहमा व्यवसायिक केरा खेती भईरहेको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताए ।13579857_1130735303634940_920753293_o
जिल्लामा ३ सय किसान रहेकामा अहिले बढेर ६ सय २० किसान केरा खेतीमा संलग्न भएका छन । ६ बर्ष आगाडी १५ देखि २० बिगाहा क्षेत्रमा केरा लगाएका केरा व्यवसायी यज्ञ सुवेदी लक्ष्मणले अहिले ५० बिगाहा क्षेत्रफलमा केरा खेती गदै आएको बताए । २०५७ सालमा २ बिगाहाबाट उनले केरा खेती सुरु गरेका थिए । केही लाख लगानीबाट अहिले करोड लगानी गर्न सफल छन् ।
अहिले जिल्लामा केरा खेती फस्टाउँदो छ केरा व्यवसायिक समितिका पूर्व अध्यक्ष समेत रहेका सुवेदीले भने । अहिले विदेशबाट फर्किएर केरा खेतीगर्न युवाहरु समेत आर्कष्ति छन् ।

केराको परिकारमा आर्कषित
चितवनमा पछिल्लो समयमा विस्तार केराको परिकारहरु बनाउने तर्फ समेत किसानहरु आर्कषित बन्दै गएका छन् । हिजो दिनमा किसानहरुलाई यसलाई विविधकरण गर्न बारेमा कम थाहा थियो–चितवनमा एक गाउ एक उत्पादन कार्यक्रमका संयोजक एवं उवासघ चितवनका अध्यक्ष राजन गौतमले भने । कार्यक्रमले किसानलाई यस बारेमा जानकारी गराउने अभियान विगत ५ देखि थालेकोले यस समेत अर्कषित छन् । 13589227_1831008847122861_1505243523_oतर सोच अनुसार अझै प्रगति छैन् ।
केराबाट मम, चिल्ली, खिर, पकौडा, फिङ्गर चिप्स, अचार, रोटी लगायतका खाद्य परिकार बनाउने गरिन्छ । चितवनमा पहिलेदेखि नै केरा खेती गरिदै आएको भएता पनि व्यवसायिक रुपमा भने २०५२ साल देखि केरा खेती भएको पाइन्छ । जिल्लामा मालबोक, जहाजी, रोबस्ट्रा(हरियो केरा) र हाइब्रिड जातका केरा खेती गरिने गरेको छ ।
जग्गा प्लटिङ्ग मुख्य समस्या बन्दै
चितवनमा व्यवसायिक रुपमा फस्टाउदै गएको केरा खेतीमा जग्गा प्लटिङ्ग मुख्या समस्या देखिएको छ । जसले गर्दा व्यवसायिक केरा खेती घट्ने हो की भन्ने चिन्ताले यहांका केरा किसानलाई पिरोलेको छ । gaja plating ko
चितवनमा यस बर्ष मात्रै ५० विगाहा क्षेत्रफल लगाईएको केरा खेती नष्ट गरेर जग्गा प्लटिङ्ग भएको छ ।
मैले बल्ल बल्ल जग्गा ५ बर्षको लागि भाडा लिएर केरा लगाएको थिए– दुई बर्षमा जग्गा प्लटिङ्ग भो समितिका अध्यक्ष पन्तले भने । यहि कारण हामीहरु चिन्तामा छौं ।

४ सय ५० विगाहाको मात्रै विमा
चितवनमा केरा खेतीको विस्तार हुदै गएपनि सोचे अनुसार विमा हुन सकेको छैन् । पछितवनमा १ सय ९० जना कृषकले ४ सय ५० विगाहा जग्गामा लगाईएको केराखेतीको मात्रै विमा गरेका छन् ।
विमा गर्दा पैसा नपाईने हो कि भन्ने डर अझै किसानमा रहेकाले पर्याप्त विमा हुन नसकेको हो ।13618221_1831008673789545_1693860978_n
धेरैले विमान नगरेकै कारण यस वर्ष पनि हावाहुरीका कारण करोडौको नोक्सानी व्यहोर्नु परेको छ ।
चैतदेखी असार सम्म चितवनमा ९० हजार केराका वोट हावाहुरीका कारण नष्ट भएको चितवन केरा उत्पादक संघले जनाएको छ । क्षती भएका मध्ये १ करोड ८० लाख मात्रै क्षती रकम पाउने भएका छन् ।

विभिन्न रोगका कारण किसानहरु चिन्तित
केराखेतीमा विभिन्न रोगको सक्रमण वढ्दै गएपछि चितवनमा किसानहरु चिन्तित बनेका छन् ।
विभिन्न रोगको संक्रमणले महामारीको रुप लिन सक्ने भन्दै किसानहरुले चिन्तित बनेका हुन् ।
प्रत्येक वर्षजसो रोगले किसानलाई सताउने गरेको छ । किसानहरुका अनुसार प्रत्येक केरा वगानमा ५ देखी १० प्रतिशत सम्म विभिन्न रोग लागेका छन् ।
प्रत्येक वर्ष झै आउने हावाहुरी,असिनापानीबाट हुने क्षती वाहेक रोगका कारण किसानले ५ देखी १० प्रतिशत सम्म क्षती वेहोर्दै आएको चितवन केरा किसान कृष्ण रेग्मीले जानकारी दिए । 13595480_1831008740456205_374616025_n
लामो समयदेखी किसानहरुले पानामा डिजिज, सिगाटोका, र गुवो कुहिने लगायतका आधा दर्जन बढी रोगका कारण ठुलो क्षती वेहोर्न वाध्य भएको पन्तले बताए ।
दक्ष प्राविधिकको अभावले आफुहरुले यसखेतीबाट ठुलो क्षती वेहोर्नु परेको उनको भनाई छ ।
पहिचानमा समस्या रहेकाले यो रोग वढ्दै गएको संघका उपाध्यक्ष घनाथ महत्तोले बताए । विगत ३ साल यता विभिन्न रोग र हावाहुरीकाका कारण चितवनका किसानहरुले करोडौं घाटा व्यहोर्न बाध्य भएका थिए ।

Leave a Reply

Your email address will not be published.