जानकारी अभावमा अधिकतम पशु बिमा बजेट फ्रिज हुदै (भिडियोसहित)

विशाल सापकोटा
रत्तनगर, २२ असार । सरकारले बर्षेनी पशु बिमाका लागी बजेट बिनियोजन गर्ने गरेको भएपनि जिल्लास्तरमा अधिकतम बजेट फ्रिज भएर जाने गरेको छ ।ggggg

पशु पालक किसानले ७५ प्रतिशत सरकारी अनुदानमा २५ प्रतिशत व्यहोरेर पशु बिमा गर्न पाउने भएपनि धेरैलाई यस बारे थाहा नहुँदा पशु बिमा रकम फ्रिज भएर जाने गरेको हो ।

 

जिबिस चितवनको आर्थिक सहयोग र राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्यसमिती चितवनको आयोजनामा आज रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित पशु बिमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका कार्यकारी प्रमुख काशिराम गैरेले चेतना अभावका कारण पशु बिमा बजेट फ्रिज हुने अवस्था आउने गरेको बताउनुभयो ।

उहाँले समुदायस्तरमा पशु पालक किसानलाई यसबारे जानकारी दिन बिभिन्न कार्यक्रम चलिरहेको भएपनि अझै धेरैले यसबारे बुझ्न नसकेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गैरेले सञ्चार माध्यमले पनि यसबारे जानकारी दिनु पर्ने र ईच्छुक किसानले आँफै आएर पनि पशु बिमाबारे बुझ्न सक्ने बताउनुभयो ।

अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्यसमिती चितवनका अध्यक्ष एवंम केन्द्रिय सदस्य लेखनाथ पोखरेल, जिल्ला कृषि बिकास कार्यालयका बागवानी अधिकृत धनबहादुर थापा, पशु सेवा केन्द्र रत्ननगरका पशु बिकास अधिकृत शालिकराम पौडेल, कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिब पौडेल, सरकारी मान्यता प्राप्त शिखर ईन्स्युरेन्स नारायणगढका प्रतिनिधी रामप्रसाद पन्त लगायतको सहभागीता थियो ।

कार्यक्रमराष्ट्रिय कृषक समुह महासंघ जिल्ला कार्यसमिती चितवनका अध्यक्ष एवंम केन्द्रिय सदस्य लेखनाथ पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.