राज्यले परिचय पत्र वनाई राहत उपलव्ध गराउनु पर्ने

प्रस्ताव सुवेदी
चितवन, २१ असार । चितवनका द्धन्द्ध पिडितहरुले आफुहरुलाई राज्यले परिचय पत्र वनाई राहत उपलव्ध गराउनु पर्ने बताएका छन् । आज स्थानीय शानित समिति चितवनले भरतपुरमा आयोजना गरेको द्धन्द्ध पिडित परिवार पुनर्मिलन तथा सम्मान कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन । राज्यले सम्मान भनदा पनि राहत र परिचय पत्रको व्यवस्था गर्नु पर्ने उनिहरुको भनाई थियो । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा सहभागि हुन आएका द्धन्द्ध पिडितहरुले यस्तो बताएका हुन । राज्यले अहिले पनि कुनै काम द्धन्द्ध पिडितहरुका लागि नगरेको भन्दै उनिहरुले अव राज्य वाट आफुहरुले केहि आसा गरेको बताएका थिए ।
चितवनमा रहेको सरकारवाट सुचिकृत ६ सय ६८ जनालाई लाई सम्मान गरीएको थियो । कार्यक्रममा वोल्दै चितवनका राजनैतिक दलहरुले अव द्धन्द्ध पिडितहरु न्याएका लागि एक ढिक्का भएर लाग्नु पर्ने समय आएको बताएका थिए । न्याय दिनका लागि गठन गरीएका आयोगहरुले पनि उचित काम गर्न सक्छन कि सक्दैनन् भन्ने विषयमा प्रश्न उठेको समयमा एक हुनुको विकल्प नरहेको बताएका थिए ।
सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव तेजेन्द्र खड्का, राप्रपाका जिल्ला अध्यक्ष रामहरी कडेंल, नेकपा माओवादीकी अम्विका मुडवरी, चितवनका स्थानी विकास अधिकारी श्रवणकुमार पोख्रेल लगाएतले वोल्नु भएको थियो । कार्यक्रम स्थानीय शान्ति समिति चितवनका संयोजक वद्रि तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.