नयाँ फोर्ड एन्डेभर एस.एच मोर्टस् मार्फत चितवनको बजारमा

राजेन्द्र आचार्य
चितवन, २१ असार । चितवनको बजारमा पहिलो पटक शोरुममा नै बिक्रि गर्न १ करोड ३० लाख रुपैया मुल्य पर्ने फोर्ड एन्डेभर राखिएको छ ।
विश्व विख्यात फोर्ड कारको चितवनका लागि आधिकारिक विक्रेता सेढाई होल्डिङ्ग ग्रुप अन्र्तगतको एस.एच मोर्टस् बिक्रिकै लागि शो रुपमा फोर्ड एन्डेभर राखिएको हो । यस अघि महंगो कारहरु बुक गरे मात्रै यहांका विक्रेता चितवनमा ल्याउदै आएका थिए ।13569970_10207224159430887_173960150_o13569970_10207224159430887_173960150_o
नेपाली बजारमा भरखरै प्रवेश गराइएको एसयुभी फोर्ड एन्डेभर गाडी चितवनका् बजारमा पनि छोटो समयमा लोकप्रिय हुने विश्वास लिइएको एस.एच मोर्टस्का प्रबन्ध निर्देशक निर्देश सेढाईले बताए ।
यसमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसको डिजाइन आकर्षक छ र क्षमता उत्कृष्ट छ । यस अगाडिका फोर्ड गाडीको बनौट र क्षमतामा थप अनुसन्धानका साथै स्तरीय प्रविधि प्रयोग गरी नयाँ गाडी उत्पादन गरिएको हो ।
सीटको सजिलोपना, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रन्टसीटका साथै आकर्षक बडी पनि यसको विशेषता भित्र पर्दछ । नयाँ फोर्ड एन्डेभर २।२ लि। र ३।२ लि। इन्जिनमा उपलब्ध छ । साथै इन्धन किफायती ९कम इन्धन उपयोग० हुने गरी बनाइएकोले चितवनका कारका पारखीहरुको मन जित्ने उनले बताए । नयाँ फोर्ड एन्डेभरमा ८ वटा एयरब्याग राखिएको छ । यसमा चालकको घुँडाको लागि पनि एयरब्याग राखिएको छ ।
नयाँ फोर्ड एन्डेभर सनसेट रेड, गोल्डेन ब्रोजेन, डाइमण्ड वाईट, प्यालेथर ब्यालेक, सहितका विभिन्न ६ किसिमका रंगहरुमा उपलब्ध छ ।
यसको बजार मुल्य १ करोड ३० लाख रुपैया रहेको छ । सहज सिट, फोर ह्वील ड्राइभ, चालकमैत्री फ्रण्ट सिट तथा आकर्षक बनावट यसको प्रमुख विशेषता रहेको कम्पनीले बताएको छ । नयाँ फोर्ड एण्डेभर २.२ लिटर र ३.२ लिटर इञ्जिनमा उपलब्ध छ । यो इन्धन किफायतीसमेत रहेका बनाइएको छ ।

Leave a Reply

Your email address will not be published.