चितवनको जगतपुरमा हात्ती आंतक, स्थानिय त्रतिस

चितवन २१ असार । चितवनको नारायणी नगरपालिका वडा नं १० जगतपुर घैलाघारीमा हात्तीले केहीदिनदेखि आतंक मच्चाइरहेको छ । जसले गर्दा स्थानिय अतंकीत बनेका छन् ।hatti

तीनदिन अघिदेखि गाउ पसेको हात्तीले घर भत्काउने,अन्नवाली खानेदेखि स्थानीयलाई घाइते समेत वनाएको छ । गएराति पनि जंगली हात्तीले एउटा घर भत्काउनुका साथै एकजनालाई घाइते वनाएको छ ।स्थानीय दुर्गावहादुर गुरुङको घर भत्काउनुका साथै उनकी छोरी १३ वर्षिया ऋतु गुरुङलाई हानेर घाइते वनाएको स्थानीयले जानकारी दिएका छन् ।

घाइते ऋतुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीय समाजसेवी रामनारायण वास्तोलाले हात्तीले पटक पटक गाउ पसेर आतंक मच्चाउदा समेत निकुन्ज र स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाउनुभयो ।

स्थानीयहरुले हात्तीलाई गाउपस्नवाट रोक्न र गाउलेको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.