यातायात व्यवस्थापन ऐन परिमार्जन गर्नुपर्छ : व्यवसायी

चितवन, २१ असार । यातायात व्यवस्थापन सम्वन्धि सरकारले ल्याएको ऐन परिर्माजन गर्न यातायात व्यवसायीले सरकारलाई आग्रह गरेका छन् । आज भरतपुरमा भएको नारायणी यातायात व्यवसायी संघको क्षेत्रिय भेलामा बोल्दै उनिहरुले जेल चलान, जरीवाना शुल्क ,विमा ऐन लगायतका विषयहरु परिमार्जन गर्न अनुरोध गरेका हुन् ।13592846_909354459186956_2523814068215142415_n

कार्यक्रममा बोल्दै नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रि चौलागाईले यातायात सञ्चालन गर्नका लागि सडकको गुणस्तारमा सुधार, पार्किङ व्यवसंस्थान लगायतका भौतिक संरचान सरकारले सुधार गर्नु पर्ने बताउनुभयो ।

उहाँले ल्याएको यातायात व्यवस्थापन सम्वन्धि सरकारले ल्याइको २०४९ को ऐनको दफा १ सय ६३ र १ सय ६४ जेल चलान सम्वन्धि ऐन सरकारले तत्काल परिमार्जन गर्नुपर्ने बताउनुभयो । त्यस्तै सरकारले तोकेको जरिवाना तिन यातायात व्यवसायी तयार रहेको भन्दै ट्राफिकले लिँदै आएको १५ प्रतिशत कमिसन हटाउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायीको कारणले मात्र दुर्घटना नहुने बताउँदै सम्पुर्ण पक्ष लाग्नुपर्ने बताउनुभयो ।

साथै उहाँले विमा ऐन, यातायात व्यवस्था ऐन सम्वन्धि व्यवसायीहरुलाई प्रकाश पार्नुभएको थियो । नारायणी यातायातका क्षेत्रिय उपाध्यक्ष अशोक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव सरोज कुमार लगायतले बोल्नु भएको थियो । सो कार्यक्रमको सहजिकरण नारायणी यातायात व्यवसायी संघको क्षेत्रिय कार्यालयका प्रमुख शंकर गिरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.