चपली हाइटकी बिनिताको जुइनो माथि चितवनमा बहस

चितवन, असार २० । चपली हाइटकी नायिका तथा लेखक बिनिता बरालको उपन्यास जुइनो माथि चितवनमा बहस गरिएको छ । सोमबार भरतपुरमा आयोजना गरिएको जुइनो बहसमा बरालले आफ्नो कृषि अनुभवलाई उपन्यासमा एकीकृत गरेको बताइन् । IMG_0075कृषि कार्य गर्दाको अनुभवलाई सङ्गालेर जुइनो लेख्न आफू सफल भएको बरालको भनाइ छ । जुइनोमा कृषिका साथसाथै प्रेम कथालाई समेत समान रुपमा अगाडि बढाइएको बरालले जानकारी दिइन् । जुइनो बहसकै क्रममा लेखक बरालले फाइन प्रिन्टले बजारमा ल्याउने तयारी गरेको जुइनो पुस्तक असार २५ गते शनिबार काठमाडौँबाट सार्जनिक गर्ने समेत जानकारी दिइन् । रङ्गमञ्च सँगसँगै कृषि क्षेत्रलाई अगाडि बढाएकी नायिका बरालले आफ्नो पहिचान उपन्यासकारमा समेत बनाउन लागेकी हुन् । उपन्यासले कृषिको प्रचार प्रसार र विकास गर्न समेत मह¤वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बरालको भनाइ छ । करिब साढे एक वर्ष कृषि फार्ममा सक्रिय रहेको बेलाको अनुभव नै आफूले उपन्यासमा उतारेको बिनिताले बताइन् । समाजमा उत्प्रेरणा जगाउने हरेक क्रियाकलापमा आफ्नो सक्रिय सहभागिता रहने बताउँदै पुस्तकको सफलतापछि आफ्नो यात्रा कस्तो रहने भन्ने एकीन हुने बरालले बताइन् । प्रेम भनेको प्रेरणा भएको बताउँदै बरालले त्यो प्रेरणा किताबमा पाउने भनाइ राखिन् ।

Leave a Reply

Your email address will not be published.