समाचार प्रभावः कावासोती नगरपालिकाको वेभ साइट अपडेट हुन थाल्य

दयाराम आचार्य
कावासोती, २० असार । करिब सात महिनादेखि अपडेट नभएको कावासोती नगरपालिकाको वेभसाइट अपडेट हुन थालेको छ ।
आइतबार सौराहा अनलाईन लगाएत विभिन्न समाचार माध्यममा कावासोती नगरपालिकाको वेभसाइट सात महिनादेखि अपडेट भएन भन्ने समाचार प्रकाशन तथा प्रशारण भएपछि वेभसाइट अपडेट हुने थालेको हो ।kawosti
कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का विदा भएर नयां अधिकृत हरिलाल पुरी आइसकेको भए पनि अझै मानबहादुर खड्का कार्यकारी अधिकृत भनेर राखिएकोमा अहिले कार्यकारी अधिकृतमा हरिलाल पुरी राखिएको छ ।
त्यस्तै कर्मचारी विवरण पनि थप गरिएको छ तथापि कर्मचारी विवरणमा कुनै कर्मचारीको नाम नै राखिएको छैन भने कुनै पद अनुसारको रोलक्रम पनि मिलाइएको छैन । स्थायी कर्मचारी भन्दा अस्थायी कर्मचारीहरुको फोटो नाम अगाडि राखिएको छ ।
त्यसका अवला अन्य कुनै जानकारी सूचना वडापत्र भने अपडेट गरिएको छैन ।
कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले वेभसाइट निर्माण गर्नेले नगरपालिकाका कर्मचारीलाई तालिम दिन नै बांकी रहेकाले वेभसाइट अपडेट हुन नसकेको बताए ।
उनले असारको तेस्रो साता कर्मचारीहरुलाई वेभसाइट कसरी चलाउने भन्ने तालिम प्रदान गरेपछि मात्र विस्तृत वेभसाइट अपडेट हुने बताए ।
कावासोती नगरपालिकाको वेभ साइट हेर्न http://www.kawasotimun.gov.np/ne मा जान सक्नुहुने छ ।

 

हिजो मात्रै प्रकाशित समाचार यस्तो छ ।

http://saurahaonline.com/18353.html

Leave a Reply

Your email address will not be published.