पीचको बहानामा ‘घर अघाडी ताल’

माडी, असार २० । माडी नगरपालिका र स्थानीयको साझेदारीमा बनाउन थालिएको कालापत्रे सडकका कारण स्थानीयनै मारमा परेका छन् । साविकका ४ वटै गाविस समट्ेने गरि मुख्य भित्रि सडकहरु कालोपत्रे गर्ने अभियान अघि बढाइएको छ । बरुवादेखि अम्वास सम्म पुग्ने भित्रि सडक कालोपत्रे गर्न अन्तिम अवस्थामा पुगेको छ ।1

बरुवाका स्थानीय गोविन्द आचार्यले सडकको सतह अग्लो भएपछि दुवै तर्फ घरका अघाडी पानी ताल परेको बताए ।“नाली नबनाई सडक पीच बनाउन थालियो”, उनले भने,“घर अघाडी पानीको ताल परेर समस्या परेको छ ।”

नगरपालिकाले पनि दीर्घकालिन पूर्वाधारमा ध्यान नदिएको स्थानीयको आरोप छ । बरुवाका स्थानीय रामजी सापकोटाले कालोपत्रे सडक धेरै वर्ष नटिक्ने जीकिर गरे ।“जनतकाकै सहयोग लिएर बाटो बनाउन सुरु गरियो”, उनले भने,“आंगनमा ताल बन्ने अवस्था आएको छ, तत्काल नालीको व्यवस्था गर्नुपर्छ ।” ग्राबेलीङ कार्य सकेर पीच गर्ने अन्तिम अवस्थामा पुगिसकेपछि स्थानीयले सडक किनारमा नाली खन्न नगरपालिकालाई आग्रह गरेका छन् । तर नगरपालिकाले प्रयाप्त बजेट नभएको भन्दै वेवास्ता गर्दै आएको छ ।2

बोर्डीङ स्कुल चोक देखि सोमेश्वर स्कुलसम्मका पूर्वतर्फका घरका आगनहरु सामान्य वर्षाहुदा समेत तालमा परिणत हुने गरेका छन् । सो सडक बनाउन स्थानीयले प्रतिमिटर १ हजार दरले आर्थीक रकम जुटाएका थिए ।

नगरपालिकाले माडीका स्थानीय नेताहरुको घरसम्म पुग्ने बाटोका रुपमा पहिलो प्राथमिकतमा यो सडकलाई पारेको आरोप समेत लाग्ने गरेको छ । कालोपत्रे गर्न लागिएका अन्य सडकमा पनि नाली खन्ने योजना पारिएको छैन । सडक दुवै तर्फ जम्मा हुने पानीले सडकलाई कमजोर तुल्याउने स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published.