गोर्खा ब्रुअरीको सोमर्सबी एप्पल साइडर चितवनमा यसरी सर्वाजनिक गरियो (तस्वीर सहित)

राजेन्द्र आचार्य 
चितवन, २० असार । वियर व्राण्डमा लोकप्रिय वियरको रुपमा परिचित गोर्खा बु्रअरी प्रा.लि.ले सोमर्सबी एप्पल साइडर चितवनको नारायणघाट, भरतपुरस्थित भरतपुर गार्डेन रेसोर्टमा एक समारोहका बीच सार्वजनिक गरेको छ ।beer 2 काठमाडौं र पोखराको सफलता पछि पर्यटकीय नगरीको रुपमा स्थापित चितवनमा गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, बिक्रि निर्देशक काजीमान सुब्बा, रणनीतिक निर्देशक अमर बैद्य, उत्पादनक निर्देशक समिर सिंह, सप्लाई चेन निर्देशक बालाजी रेडी पाली, बजार निर्देशक बैभव शर्माले संयुक्त रुपमा चितवनका विभिन्न प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरु सहित ४०० भन्दा बढीको सहभागिता सावैजनिक गरेको थिए । beer 1
हजुरहरु जसरी कर्लस बर्ग वियरलाई जसरी मनपराउनु भएको थियो, त्यसरी नै यसलाई पनि मन पराउनुहुनेछ–प्रबन्ध निर्देशक अधिकारीले भने सोमर्सबी एप्पल साइडर स्याउबाट बनाइएको पेय पदार्थ हो । यसमा ४.५% अल्कोहलको मात्रा छ ।
यसको विशेषता भनेको पूर्णतया प्राकृतिक, यस पेय पदार्थ हल्का गुलियो र स्वादिलो हुनु हो । यसमा कुनै कृतिम स्वाद र रंङ मिसाइएको छैन भन्दै चितवनमा पनि सबैले मनपराउने विशवास व्यक्त गरे ।beer 5 beer 3
काठमाडौं र पोखरापछि नेपालका विभिन्न प्रमुख शहरहरुमा पु¥याउने योजना अन्तर्गत चितवनको नारायणगढ भरतपुरमा विक्री वितरण प्रारम्भ गरिएको सोमर्सबीकी ब्राण्ड म्यानेर सलिना शर्माले बताईन् ।
साइडर नेपाली बजारको लागि नौलो प्रस्तुती र आकर्षण पेय पदार्थ बताउदै गोर्खा बु्रअरीका चितवन क्षेत्रिय ईन्चार्ज सुमन शर्माले चितवने उपभोक्तामा विकसित हुदै गएको नयाँ स्वादका लागि यो पेयले नयाँ परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
सोमर्सबी एप्पल साइडर महिला तथा पुरुष दुवैको लागि उपयुक्त पेय पदार्थ हो । सोमर्सबी एप्पल साइडर गर्मीको दिनमा, दिउँसो खानासँग वा कुनै पनि समयमा पिउन उपयुक्त छ ।ber 4

काल्सवर्गले एप्पल साइडर सन् २००८ मा डेनमार्क र नर्वेमा उत्पादन तथा वितरण प्रारम्भ गरेको हो । यसले निरन्तर सफलता पाउँदै आएको र अहिले विश्वका ५० भन्दा बढी मुलुकहरुमा सोमर्सबी एप्पल साइडर उपभोक्ता समक्ष पुगेको र सबैले रुचाएको छ । एसियामा सोमर्सबी एप्पल साइडर सिंगापुर, हङकङ्ग, मलेसिया,थाइल्याण्ड र चीन पछि छैठौं राष्ट्रको रुपमा नेपालमा उपलब्ध भएको हो ।

अहिले डेनमार्कमा यसले सबैभन्दा बढी बजार अंश लिएको छ भने नर्वेमा दोश्रो स्थानमा रहेको छ । सोमर्सबी एप्पल साइडर विश्वमा विभिन्न स्वादमा उपलब्ध छ तर पनि एप्पल सबैभन्दा बढी लोकप्रिय छ । यसले आफ्नो उत्कृष्टताका कारण विश्वभर प्रतिष्ठा कमाएको छ ।

नेपालमा पनि सोमर्सबी एप्पल साइडर उपभोक्ताहरुमा लोकप्रिय बन्दै गइरहेको छ । हाल सोमर्सबी एप्पल साइडर २५० मिली प्रति बोतल मूल्य रु. एक सय कायम गरिएको छ र यो १२ बोतलको कार्टुनमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.