“उज्यालो मिलन” अभियानबाट गरिबको झुपडीमा सोलार बाड्दै लोक गायक लामा (भिडियो र तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, १९ असार । पुथक नयां शैलीमा आफुलाई सधै स्थापित गराएका चर्चीत लोक गायक मिलन लामा यस पटक गृह जिल्ला चितवनको रत्ननगरमा शैलीकै प्रस्तुतीमा देखिए । गायक क्षेत्रमा संर्घषशिलका साथ शिखर उचाईमा पुगेका गायक लामाले “उज्यालो मिलन” सुरु गरेका छन् । मेरो समाज सेवाको दश बर्ष पुगेको उपलक्ष्यमा नयाँ समाज सेवाको थालनी “उज्यालो मिलन” कार्यक्रम सुरु गरेको हुन्–गायक लामाले लोडसेडिङको विकल्पको रुपमा सौर्य उर्जा प्रयोग गरौं, गरिबलाई पनि सहयोग गरौं ।
फरक खालका मन छुने गितका कारण चर्चीत बनेका लामाले यस पटक आफ्नो निवास नजिक रहेको रत्ननगर–५ बाघमारा रमाईलो सुकुम्वासीबस्तीमा ३ जनाको परिवारलाई सोलार वितरण गर्दै उनले अभियान सुरु गरेका हुन् ।
आफुले गायन गर्न जादा विपिन पाठक पेर्थ्,अष्ट्रेलिया, मना केसी, नेशन इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेशन सिड्नी आस्ट्रेलिया, कोमल राज पाठक सिड्नी अस्ट्रेलियाबाट ३० हजार रुपैयाबाट खरिद गरेको सोलार सुकुम्बासी बस्तीमा जानकी चौधरी, तुलसी रानाभाट र फुलमाया महतोलाई आफ्नै हातबाट प्रदान गरेका थिए ।
राहत वितरण गर्दै गायक लामाले भने हिजाका दिन विभिन्न अभियान चलाए सबैका साथ पाए अब यो अभियान पनि मलाई सहयोग मिल्नेछ । अनि म आफै गरिबको वस्तीमा पुगी उज्यालो बनाउनेछु । यस पनि पनि गायक लामाले विभिन्न देश कार्यक्रम त्यागेर गायक लामा मुलुकमा प्रलयकारी भुकम्पका कारण पिडित बनेकाहरु राहत गाउगाउ पुग्ने देखि लिएर त्यो, वा यो तरिकबाट राहत वितरण गरिरहेका छन् । भावी दिनमा यस्तै थुप्रै गाउमा जानेछु तपाई सबै सहयोगले यो सम्भव छ कुराकानीमा उनले प्रतिक्रिया दिए । दश बर्ष अगाडी लण्डनको एक कार्यक्रममा आफ्नो भादगाउले टोपी बिक्रि गरेर लामाले समाजिक सेवाको अभियान थालेका थिए । सोलार दिन चाहनेले मिलन लामालाई यसे अनलाईन मार्फत सम्पर्क समेत गर्नसक्नुहुनेछ ।