पदमपुर खानेपानीमा अध्यक्षमा पुन : राम चन्द्र पौडेल बिजयी

चितवन,१९ असार । पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र शर्मा पौडेल बिजयी भएका छन् । अध्यक्ष संगै एकीकृत नेकपा माओवादी र एमालेको संयुक्त प्यानलको बर्जस्व कायम रहेको छ । प्रतिद्धन्द्धी मिनराज आचार्यलाई भारी मतको अन्तरले पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित भएका हुन ।13524444_1109430842428876_1039421037398474202_n

यस अघि पनि पौडेल समितिका अध्यक्ष थिए । निर्वाचित अध्यक्ष पौडेलले ६ सय ४८ मत प्राप्त गरेका छन् । भने प्रतिद्धन्द्धी आचार्यले ३ सय ६३ मत मात्रै प्राप्त गरे । यसैबीच उपाध्यक्षमा लक्ष्मण पौडेल बिजयी भएका छन् । उनले ६ सय ४ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धीका रुपमा रहेका लक्ष्मीदेवी शर्माले३ सय ६४ मत ल्याएका थिए । यसैबीच सचिवमा सोम वहादुृर गुरुङ निर्वाचित भएका छन् ।

उनले ५ सय ३१ मत ल्याएका छन् । प्रतिद्धन्द्धी महेन्द्र सेन ठकुरीले ४ सय ९ मत प्राप्त गरे । यसै गरी कोषाध्यक्षमा चन्द्रदेव महतो बिजयी भएका छन् । उनका प्रतिद्धन्द्धी निरवहादुर तामाङले ४ सय २७ मत प्राप्त गरे । यसैगरी अन्य सदस्यहरुमा फणिन्द्रकुमार क्षेत्री निर्वाचित भएका छन् । उनले ५ सय ६ मत प्राप्त गरे । अर्का दिननाथ अर्यालय उनले ४ सय ९४ मत प्राप्त गरे ।

रुद्रलाल वास्तोला ४ सय ५९, गौरी शंकर चौधरी ४ सय ४७, बाबुराम सुनार ४४७, लक्ष्मण चौधरी ४ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । महिला तर्फ भने अम्बिका रिजाल निर्वाचित भएकी छिन् । उनले ४ सय मत ल्याएकी हुन । यसैगरी अर्की चन्द्राकुमारी पौडेल पनि महिला तर्फ निर्वाचित भएकी छिन् । उनले ३ सय ७६ मत ल्याएकी छिन् ।

यसैगरी लेखा संयोजकमा टिकाराज रिजाल निर्वाचित भएका छन् । उनले ६ सय ३४ मत ल्याएका हुन । उनका प्रतिद्धन्द्धी उमराज आचार्यले ४ सय ७२ मत प्राप्त गरे । लेखा समिति सदस्यहरुमा भने घनश्याम गिरी निर्वाचित भएका छन् ।

उनले ५ सय ५० मत ल्याए भने समिति सदस्यमा इश्वरी प्रसाद दाहाल पनि निर्वाचित भएका छन् । उनले ५ सय ५ मत ल्याए । कुल १८ सय २ जना मतदाता रहेको समितिको नया“ पद्धाधिकारीका लागि १८ गते निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published.