अक्फोड कलेजका भण्डारी इन्जिनियर एसोसिएसन चितवनको अध्यक्षमा निर्वाचित

 

चितवन, १९ असार । नेपाल इन्जिनियरिङ् एसोएिसन चितवनकोे शनिबार सम्पन्न सातौं अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।Hari-copy-700x445

समितिको उपाध्यक्षमा भरतकुमार आचार्य, सचिवमा शिवहरि घिमिरे, सहसचिवमा अच्युत कोइराला, कोषाध्यक्षमा खिमानन्द सुवेदी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पुरन सुवेदी, बुद्धिसागर वास्तोला, दीपककुमार चौधरी, शंकर कँडेल, उपेन्द्र सुवेदी र प्रविण कार्की चयन भएका छन् ।

अधिवेशनमा नवनिर्वाचित अध्यक्ष हरि भण्डारीबाट आगामी दुई वर्षको लागि एसोसिएसनबाट गरिने चार बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रम माधव उप्रेतीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.