पदमपुर सरसफाई तथा खानेपानी उपभोक्ता समितीको निवार्चनः अहिले सम्म ३३ प्रतिशत मतगणना सकियो

चितवन, १९ असार
पुर्वी चितवनको कालिका नगरपालिका ११ मा रहेका पदमपुर सरसफाई तथा खानेपानी उपभोक्ता समितीको नयाँ कार्यसमिती चयनका लागी हिजो भएको मतदानको ३३ प्रतिशत मतगणना सकिएको छ ।

१३ सदस्यीय नयाँ कार्यसमितीका लागी पदमपुर स्थित खानेपानी संस्थानको कार्यालय परिसरमा आज भएकोे निर्वाचनमा कुल १८ सय २ मतदाता मध्य १२ सय ४९ मत खसेको थियो । त्रिपक्षिय प्यानल
जारी मतगणनामा अध्यक्ष पदका प्रत्यासी रामचन्द्र कडेंल अगाडी देखिनुभएको छ ।

अध्यक्ष पदकै अर्का उम्मेदवार मिनराज आचार्यले १ सय ३५ तथा नविन प्रसाद आचार्यले २१ मत प्राप्त गर्नुभएको निर्वाचन समिती संयोजक काशिराम गिरीले जानकारी दिनुभयो ।

उपाध्यक्ष पदका लागी भएको मतगणना पनि चलिरहेको छ । प्राप्त जानकारी अनुसार उपाध्यक्षमा क्रमशः लक्ष्मण पौडेलले २ सय २०, लक्ष्मिी देबी शर्माले १ सय ३१ तथा ठाकुर प्रसाद अधिकारीले २२ मत प्राप्त गर्नुभएको छ ।

सचिबका पदका प्रत्यासी सोम बहादुर गुरुङले १ सय ९८,महेन्द्र देब ठकुरीले १ सय ४४, सत्यदेबी श्रेष्ठले ३२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै जारी मतगणना अनुसार कोषाध्यक्षका आकांक्षि क्रमसः चन्द्रदेब महतोले १ सय ७७, बिरबहादुर तामाङले १ सय ५०, र बुद्धि प्रसाद ढकालले ३४ मतका साथ प्रतिस्पर्धा गरिरहनुभएको छ ।
लेखामा समितीका संयोजकका लागी पनि हिजो नै मतदान भएको थियो । टिकाराज रिजाल २ सय ३६ र उमराज आचार्य १ सय ६० मतका साथ चुनाबी भिडन्तमा हुनुहुन्छ ।

सदस्यहरुमा घनश्याम गिरीले १ सय ९२, इश्वरी दाहालले १सय ८६, बिमला अधिकारीले १ सय ५९ र शेर बहादुर कुँवर १ सय ४८ मतका साथ प्रतिस्पर्धा गरिरहनुभएको छ ।

३ बर्षे कार्यकालका लागी भएको निर्वाचनको जारी मतगणनाको पुर्ण मत परिणाम आजै आउने निर्वाचन समिती संयोजक काशिराम गिरीले जानकारी दिनुभयो ।