सहकारी व्यवस्थापन तालिम

नवलपरासी, १८ असार ।नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको मुकन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबारदेखि सहकारी व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । तालिममा सो सहकारीका सञ्चालक र उपसमितिका पदाधीकारीहरु सहभागि छन् ।
सो सहकारीको शिक्षा उपसमितिका संयोजक भोलानाथ पराजुलीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहकारी व्यवस्थापन, सञ्चार सम्पर्क, तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान हुने आयोजकहरुले जानकारी दिएका छन् ।
सहकारीका अध्यक्ष खुमनाथ शर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा व्यवस्थापक मोहन अर्यालले स्वागत मन्तब्य राखेका थिए । तालिमको मुख्य प्रशिक्षकमा केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय सदस्य शान्ती अधिकारी रहनु भएको छ । एक वर्षअघि तीनबाट सहकारी एकीकरण भएर गठन भएको मुकुन्दपुर बचत तथा ऋण सहकारीमा २९ सय शेयर सदस्य छन् ।

Leave a Reply

Your email address will not be published.