महिलालाई अभिमुखिकरण

चितवन, १८ असार । स्थानिय निकायको निर्वाचनमा संविधान प्रदत अधिकारलाई सुनिशित गराउन, राज्यको विभिन्न निकायमा महिला सहभागिता बढाउन महिलाको क्षमता विकास अनिवार्य भएको भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा बताईएको छ ।
जिल्ला विकास समिति अन्तरगतको जिल्ला महिला समन्वय समितिले आयोजना गरेको महिलाहरुको लागि नेतृत्व विकास, सकारात्मक सोंच, संविधानबाट प्राप्त उपलव्धि र कार्यान्वयनमा हुन सक्ने चुनौती सम्वन्धित दुई दिने अभिमुखिकरण कार्यक्रममा उक्त कुरा बताईएको हो । जिल्लामा अस्त्विमा रहेका राजनितिक दल निकट नेतृत्वमा रहेका महिला , सामाजिक क्षेत्रमा रहेका महिलालाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रममा महिलाका वर्तमान अवस्था , पछाडि पर्नका कारणका बारेमा व्यापक अन्र्तरक्रिया गरिएको थियो । प्रशिक्षणात्मक शेसनको रुपमा गरिएको अभिमुखिकरण कार्यक्रममा संविधानमा महिला अधिकार र महिला विरुद्धको हिंसाका विषयमा जिल्ला न्यायाधीश टेकनारायण कुंवरले प्रशिक्षण दिनु भएका थियो ।
कार्यक्रममा सकारात्मक सोंचका विषयमा राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका प्रमुख माधव तिमल्सिना, महिला नेतृत्वका विषयमा जिल्ला न्यायधिवक्ता मणिराम न्यौपाने र नयाँ संविधानमा प्राप्त महिला अधिकार कार्यान्वयन र चुनौति विषयमा नेपाल बार यशोसियसनका केन्द्रिय सदस्य ईन्दु कोईरालाले प्रशिक्षण गर्नु भएको थियो ।
समन्वय समितिकी उपाध्यक्ष शुशिला उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्घाटन स्थानिय विकास अधिकारी श्रवणकुमार पोख्रेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.