सुरक्षित सरकारी को प्रशिक्षण

शिशिर सिंखडा
रत्ननगर १८ असार । पूर्वी चितवनको कालिका नगरपालिका – ६, खोलेसिमल बजारमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले शनिबार आफ्ना शेयर सदस्यहरु माझ सहकारी प्रशिक्षण कार्यक्रम गरेको छ ।13563112_1108495902556910_804568188_n
संस्था अध्यक्ष द्रोण प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य भीम प्रसाद तिवारी, सहकारी निरीक्षक राजेन्द्र ढकाल, कार्यक्रम संयोजक रामकृष्ण लम्साल, संस्थाका सचिव हरि प्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रममा भीम प्रसाद तिवारी र राजेन्द्र ढकालले सहकारी सिद्धान्त, सहकारीको आवश्यकता, सहकारी सफल र असफल हुनुका कारणहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published.