पदमपुरको सरसफाई तथा खानेपानी उपभोक्ता समितीको निवार्चन सकियो/आजै राति मत परिणाम आउने

चितवन, १८ असार । पुर्वी चितवनको कालिका नगरपालिका ११ मा रहेका पदमपुर सरसफाई तथा खानेपानी उपभोक्ता समितीको नयाँ कार्यसमिती चयनका लागी आज भएको मतदान सकिएको छ । १३ सदस्यीय नयाँ कार्यसमितीका लागी पदमपुर स्थित खानेपानी संस्थानको कार्यालय परिसरमा आज भएकोे निर्वाचनमा कुल १८ सय २ मतदाता मध्य १२ सय ४९ मत खसेको निर्वाचन समिती संयोजक काशिराम गिरीले जानकारी दिनुभयो ।

मतदान सकिएकाले अब केहिबेरमै मतगणना सुरु हुने आजै राति परिणाम सार्बजनिक हुने उहाँले बताउनुभयो ।

३ बर्षे नयाँ कार्यकालका लागी भएको निर्वाचनमा समितीको अध्यक्षमा पदका लागी रामचन्द्र शर्मा पौडेल, मिनराज आचार्य र नविन प्रसाद आचार्य प्रतिस्पर्धामा रहनुभएको छ ।

यस्तै उपाध्यक्ष पदका लागी लक्ष्मण पौडेल, लक्ष्मि देबी शर्मा र ठाकुर प्रसाद अधिकारीको उम्मेदवारी छ भने सचिबमा सोम बहादुर गुरुङ, सत्यदेबी श्रेष्ठ र महेन्द्र देब ठकुरी चुनाबी मैदानमा रहनुभएको छ ।

समितीको कोषाध्यक्षमा चन्द्रदेब महतो, बिरबहादुर तामाङ, र बुद्धि प्रसाद ढकाल चुनाबी भिडन्तमा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published.