केक काटेर सौराहा जेसिसको सातौं स्थापना दिवस (तस्वीरसहित)

चितवन, १८ असार । पर्यटकीय नगरी सौराहामा रहेको सौराहा जेसिसले आफ्नो सातौं स्थापना दिवस विशेष कार्यक्रम गरि मनाएको छ ।
सौराहाका जेसिका संस्थापक अध्यक्ष शरद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पूर्ण सदस्यहरु सहभागी गराई केक काटेर दिवस मनाईएको थियो । सो अवसरमा सहभागी जेसिसकर्मीहरु सौराहा जेसिलाई अझै सामाजिक सेवा थप सक्रिय बनाउने बताएका थिए ।
सौराहा जेसिका अध्यक्ष रामशरण सिल्लवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव शिवप्रसाद भुषालले सञ्चालन गरेका थिए ।