राप्रपा नेपाल नगर अध्यक्षमा पुन खराल

चितवन, १८ असार । राप्रपा नेपाल चितवनको शनिबार सम्पन्न तेस्रो नगर अधिवेशनले पुन विष्णु खरालको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । भरतपुरमा सम्पन्न तेस्रो नगर अधिवेशनले समितीको उपाध्यक्षमा माया पाठक, सचिवमा विष्णु कडेल, र कोषाध्यक्षमा बसुन्धरा वगाले रहनुभएको छ ।
अधिवेशनको क्रममा निर्वाचित कार्यसमितीलाई राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ । सो क्रममा उहाले ईमान्दारीताका साथ राष्ट्रको सेवामा लाग्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताउदै उपस्थित कार्यकर्ताहरुलाई पार्टीलाई मजबूत बनाएर अगाडि लैजान एकता कायम रहनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच अधिवशनकै क्रममा शनिबार नै विभिन्न व्यक्तिहरु समेत राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
अधिवेशनकाबीच नवप्रवेशिहरुलाई अबीर लगाई दोसल्ला ओढाएर अध्यक्ष तिमिल्सिनाले स्वागत गर्नुभएको राप्रपा नेपाल चितवनका सचिव जिवलाल पुरीले जानकारी दिनुभयो । यसैबीच चितवनको पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा लागिरहनुएका पत्रकार शंकर निर्देशलाई राप्रपा नेपालको मिडिया नेपाल चितवनको संयोजकका रुपमा मनोनित गरिएको छ ।
निर्देशलाई अध्यक्ष तिमिल्सिनाले बधाई दिदै सफलताको कामना समेत गर्नुभयो । सो क्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै पत्रकार निर्देशले मिडिया नेपाल चितवनको संयोजकको भूमिका निर्वाह गर्न पाउदा जिम्मेवारी अझ धेरै बढेको महशुष गर्नुभयो । कार्यक्रम राप्रपा नेपालका नगर अध्यक्ष विष्णु खरालको अध्यक्षतामा भएको हो ।