२ दिने फोहर व्यवस्थापन तालिम गैँडाकोटमा शुरु

 

नवलपरासी, १८ असार । गैँडाकोट नगरपालिकाको वातावरणमैत्री स्थानिय शासान कार्यक्रम अन्तगर्त २ दिने फोहर व्यवस्थापन तालिम आजदेखी नवलपरासीको गैँडाकोटमा शुरु भएको छ । श्रीराम पार्टी प्यालेसमा शुरु भएको तालिममा गैँडाकोट वडा नम्बर १, २ र ४ का ५ दर्जन वढि महिलाहरुको सहभागिता रहेको छ ।

तालिममा गैँडाकोट नगरपालिकाकी वातावरण तथा अनुगमन अधिकृत विजया शर्मा र तुलशा ज्ञवालीले प्रशिक्षण दिनुभएका थियो । अन्तर पार्टी महिला सञ्जालको समन्वयमा भएको तालिम भोलीसम्म चल्ने छ ।

साथै वडा नम्बर ५ र ६ का लागी २० र २१ गते त्यस्तै वडा नम्बर ७, ८ र ९ को २२ र २३ गते तालिम सञ्चालन हुने सामाजिक परिचालक भगवती अधिकारीले जानकारी दिनुभयो ।

यसअघि गैँडाकोट १० देखी १७ वडाका लागी मुकुन्दपुर र अमरापुरी क्षेत्रमा सम्पन्न भइसकेको छ । घरभित्रको फोहर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक र प्रयोगात्मक विद्यीबाट तालिम प्रदान गरीदै आएको वातावरण तथा अनुगमन अधिकृत विजया शर्माले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षतामा तालिम शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published.