एभरेष्ठ सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

चितवन, १८ असार । ९४ औं सहकारी दिवसको अवसरमा आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत एभरेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढले शनिबार विभिन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।13575451_10207207251563014_655971007_o

संस्थामा आवद्ध शेयर सदस्यहरुका छोराछोरी मध्येबाट छनौट गरी विभिन्न ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । संस्थाले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुलाई कापि, कलम, जिस्ता, क्याल्कुलेटर, झोला लगायतका शैक्षिक सामाग्री वितरण गरेको संस्थाकी व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

शैक्षिक सामाग्री विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत संस्थामा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरुले प्रँप्त गरेका हुन् । सहकारीद्वारा सञ्चालित नियमित बचत, बाल बचत, खुत्रुके लगायतका बचतमा सम्पूर्णमा सहभागी हुन आग्रह गर्दै विषेश गरी कार्यक्रम गरिएको हो । यसैबीच संस्थामा आवद्ध शेयर सदस्य अनुषा चुकेले आफ्नो छोरा अभिषेकको १९ औं जन्मदिनको अवसरमा बचत संस्थालाई २ थान पानस उपलब्ध गराउनुभएको छ ।13555642_10207207251523013_1913966259_o

सो कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विद्या कोईराला प्रमुख अतिथी रहनुभएको थियो । सहकारी संस्थाका उपाध्यक्ष बालगोपाल चुकेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाकी व्यवस्थापक सरु ढकालले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रममाथि सचिव शान्तालाल प्रधानले प्रकाश पार्नुभएको थियो भने संस्थाको शिक्षा उपसमितीका सदस्य अग्नु श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम एभरेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष महेन्द्र शाक्यको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published.