बाटोमा पानी जमेर सर्वसाधारणलाई कष्ट

 

अनुज न्यौपाने
चितवन, असार १८ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा न.–९ खुर्खुरेमा ठुलो पानी पर्दा सर्वसाधारणलाई कष्ट भएको छ । लगातार रुपमा परेको पानीले खुर्खुरेका जनतालाई बाटोमा हिंड्न समेत गाह्रो भएको हो । madi ma badai 1
बाटोमा पानी जमेको कारण मानिस हरुको आवत जावत नै बन्द भएको त्यहाँका स्थानय बासिहरुले बताएका छन् । बजारका पसल अगाडी पानी जम्दा बजार समेत बन्द हुंंदा त्यहाँका व्यापारीहरुलाई मार परेको उनीहरुले बताएका छन् ।
विद्यार्थीहरुको परिक्षा चलिरहेको समयमा विद्यालय जान समेत गाह्रो हुने र विद्यार्थीको विद्यालय पोशाक समेत हिलाम्य हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।
यसलाई कसैले पनि ध्यान नदिएको र मतलव नगरेको त्यहाँका स्थानीय वासिहरुको गुनासो गरेका छन् । बजारमा जमेको पानीलाई खोलासम्म पुराउन सर्वसाधारणहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.