८५ जना बिरामीमा डेंगुु लागेको पाइएपछि लार्भा नष्ट गर्ने अभियान

शंकर निर्देश,
चितवन, असार । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर उपमहानगरपालिकाका विभिन्न ठाउमा डेंगुु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान संचालन गरेको छ । विहिबारबाट शुरु गरिएको अभियान ३ दिनसम्म चलेको थियो ।degu

कार्यालयका अनुसार चालु आर्थिक वर्षको गएको साउनदेखि असार दोस्रो साता सम्ममा ८५ जना बिरामीमा डेंगुु लागेको पाइएपछि लार्भा नष्ट गर्ने अभियान थालिएको हो । अभियान अन्तर्गत भरतपुर उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ९, १०, ११, १२, २६ र २९ मा लार्भा नष्ट गर्ने कार्य संचालन गरिएको हो ।

जिल्लाको भरतपुर स्थित विभिन्न वडाहरुमा घरघर पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले डेंगुु सार्ने लामखुट्टेका लार्भा र प्यूपा नष्ट गरेका थिए ।

असार १८ गतेसम्म चलेको अभियानमा स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, वडा सचिव गरी विभिन्न १ सय जनाको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले बताए ।

विशेषगरी भाडामा जमेको सफा पानीमा यसले फुल पार्ने र बच्चा हुर्काउने भएकाले अभियानमा यस्ता पानी नष्ट गर्न स्वयम्सेवक परिचालन गरिएको थियो । घर,घर पुगेर सचेतना फैलाउदै टायर वा प्लास्टिकको भाडामा पानी जम्मा हुन नदिन आह्वान गर्दै चेतना दिईएको छ ।

Leave a Reply

Your email address will not be published.