नवलपरासी र तनहुको जोडने कालिगण्डकीमा निर्माणाधिन पुल बगायो (भिडियो सहित)

दयाराम आचार्य
नवलपरासी, १८ असार । तिन दिन देखि आएको अविरल बर्षाले नवलपरासी र तनहु जोडने कालिगण्डकीमा निर्माणधिन पुल बगाएको छ ।
आज बिहान नवलपरासी डेढगाउ ६ र तनहुको भगवतिपुर ५ मा निमार्णधिन पुल बगाएको स्थानिय बिरबहादुर बिश्वकर्माले जानकारी दिनु भयो ।bbbbbbbbbbbbbb
निर्माण कम्पनिले समयमानै पुल निर्माण नगर्दा सो पुल बाढिले बगाएको हो ।

२०६९ साल मंसिरमा बाट निर्माण थालिएको पुल समयमानै निर्माण सम्पन्न नहुदा बाढिले बगाएको हो । रसुवा हिमदुङ्ग निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सि प्राली जिएभिले निर्माण थालेको सो पुल २०७२ मा माघमा सम्पन्न गर्नु पर्ने भएको भए पनि काम सम्पन्न नभए पछि २०७३ असार मसान्त सम्ममा सक्नुपर्ने गरी समय थप गरीएको थियो । पुलको करीब ७५ प्रतिशत काम सम्पन्न भएकोमा आज पुलको तिन खण्ड मध्य एक भाग बगाएको छ । एक सय पचास मिटर लामो निर्माणधिन पुलको ५० मिटर भाग बगाएको हो ।

यता हुलास स्टिलले फिटिङ्गको जिम्मा लिएकोमा समयमा सामान नआउदा र फिटिङ्ग नगर्दा पुलको ५० मिटरको भाग बगाएको निर्माणधिन पुलका ईन्चार्ज श्रीमान लामाले बताए । पुल नबगाएको भए २०७३ भित्र मंसीरमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मा अब त्यो असम्भव रहेको र केहि महिन लम्बिने लामाले बताए ।
निर्माणाधिन पुलले नवलपरासी दलदले ,डेढगाउ हुदै तनहु खैरेनीटार देखि पोखर जोडने थियो । नदिमा हाल झोलुङ्गे पुलबाट स्थानिय आवतजावत गर्ने गर्दछन ।

 

 

Leave a Reply

Your email address will not be published.