कवि एवं पर्यटन व्यवसायी सुमनको “मौनता” उपन्यास आउँदै

चितवन, १८ असार । चितवनका पर्यटन व्यवसायी एवं कवि तथा लेखक सुमन घिमिरेको उपन्यास मौनता आउने भएको छ। सामाजिक कथाबस्तुमा आधारित सम्बन्धहरुका बारेमा लेखिएको मौनतामा लेखक घिमिरेले आधुनिक समाजको कथालाई बडो रोमान्चित ढंगले प्रस्तुत गरेका छन्।
गोर्खा पब्लिकेसन्सको पहिलो प्रकाशनका रूपमा बजारमा आउन लागेको “मौनता” घिमिरेको दोस्रो पुस्तकाकार कृति हो । यसअघि उनको “मेरो बैंशको क्यालेन्डर” कविता संग्रह ९२०६५० प्रकाशित छ । पेशाले पर्यटन ब्यबसायी घिमिरेले आफ्नो पहिलो उपन्यास ” मौनता” सबै उमेरसमुहका पाठकले चाख मानेर पढ्न मिल्ने बताए ।
सामाजिक चित्कारहरु प्रतिबिम्बित मौनता २२६ पृष्ठको छ । यसको बजार मुल्य ३३५ रूपैयाँ छ। लेखक ििघमिरे क्षेत्रिय होटल संघ सौराहामा प्रथम उपाध्यक्ष हुन् । भने सौराहामा स्तरीय होटल मध्येको एक जंगल सफारीका प्रबन्ध निर्देशक तथा सञ्चालक समेत हुन् । पर्यटन व्यवसायसगै साहित्यमा रुचि राख्ने उनी चितवनका प्रखर युवा कवि तथा लेखकका रुपमा परिचित रहेका छन् ।