नारायणगढ–मुग्लिङ सडकमा ट्रकमा ढुङ्गा खस्दँ चालक गम्भिर घाइते

 

चितवन, १७ असार । लगातार रुपमा अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड रोखिराखेको ट्रक माथि ढुङ्गा खस्दा एक जना चालक गम्भीर घाईते भएका छन् । भने अर्को सह–चालक समेत घाईते भएका छन् । 13568762_905022789625573_2316589843737009241_o
लगातार रुपमा आएको बर्षाका अवरुद्ध रहेको सडक खण्ड अन्तर्गत खहरे खोला नजिक ट्रकमाथी पहाडबाट खसेको ढुङ्गाले लागेर ना १ क १८६४ नम्बरको ट्रकका चालक सुनसरी निवासी वर्ष ३५ को उद्धव भुजेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवंरले जानकारी दिए ।

घाइते चालक झुजेललाई उपचारका लागी काठमाडौं लगिएको छ । भने सहचालक सामान्य घाइते भएका चितवन प्रहरीले जनाएको छ ।

बैकल्पिक बाटो रोज्न आग्रह

लगातार रुपमा पानी परेपछि ४ ठाउ.मा पहिरो गएर अवरुद्ध सडक सञ्चालन नआउने भएको छ ।

चार किलो, पाच किलो, जलवीरे र भालुढुङ्गामा माथिबाट ठूलो पहिरो खसेकोमा निरन्तर परेको पानी पारेको अवरोघका कारण बाटो दिनभरमा पनि नखुल्ने नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । पानी गर्दा धेरौम देखिएको एउटा काम सक्यो फेरि पहिरो खस्छ–उनले भने । खास गरि लाईनमा बस्नु भएको साना सवारी र यात्रुवाहक बसले कृपया फिर्ता हुन वा बैकल्पिक सडक प्रयोग गर्न मिल्ने भए सोही अनुसार गर्नुहुन अुनरोध गर्दछौ । हामीले अझै पनि केही साना सवारी र यात्रुबाहक बस जुगेडीबाट मुग्लिङ्गतर्फ लागेको देखेका भन्दै यस्तो अवस्थामा आजलाई यो सडकामा यात्रा गर्न लाईनमा नबस्नु नै उचित रहने सुझाव समेत दिए ।

विभिन्न स्थानमा पहिरो खसिरहेकाले सुरक्षित स्थानमा बस्न वा वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ जान आयोजनाले सबैमा आग्रह समेत गरेको छ । जसका हजारौ यात्रु अलपत्रमा छन् ।

Leave a Reply

Your email address will not be published.